Nepal Life Insurance

नेप्समा सामान्य सुधार, बीमा समुहमा भने २१.८ अंकको गिरावट

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहीबार १५:३१

Beema News

बीमा न्युज,
असोज २६, काठमाडौ । बिहिबार नेप्सेमा सामान्य सुधार भएपनि बीमा समुहमा भने गिरावट आएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये बाणिज्य बैक, व्यापार र अन्य समुह बाहेक सबैमा गिरावट देखिएको हो ।

नेप्सेमा चार दशमलब ०३ अंकले बढ्दा बीमा समुहमा भने २१ दशमलब आठ अंकले गिरावट आएको छ ।


बिहिबार बीमा समुहमा चार दशमलब ०३ अंकले गिरावट आउदाँ शुन्य दशमलब २६ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार दुई सय ४७ दशमलब २५ विन्दुमा झरेको हो । बीमा समुहको कारोबार भने पाँच करोड ५२ लाख ७३ हजार रुपैयाँ भएको छ ।

 

बिहिबार बीमा समुहको धेरै कारोबार गर्नेमा ७८ लाख बराबरको कारोबार भएर नेपाल लाइफ मात्रै सुचिको छैटौं स्थानमा रहेको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै दुई सय १३ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनी र गुमाउनेमा एनबी र सुर्या इन्स्योरेन्स कम्पनी रहेका रहेका छन् ।

 

बिहिबार नेप्से चार दशमलब ०३ अंकको सामान्य सुधार हुदा १५ सय १० दशलमब ०२ विन्दुमा रोकिएको छ । नेप्सेमा एक सय ५४ कम्पनीका आठ लाख ९९ हजार तीन सय ३६ कित्ता शेयरहरु चार हजार चार सय २६ कारोबारबाट ४० करोड ४८ लाख छ सय २६ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....