बीमा न्युज,
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा विष्णु बाबु मिश्र नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रि परिषद्को बैठकले उनलाई आगामी चार बर्षको लागी नियुक्त गरेको हो ।
गत असार देखि रिक्त रहेको उक्त पदका लागी सरकारले असार १५ गते नै विज्ञापन प्रकाशित गरेको थियो । जसमा नवराज भट्ट, कृर्तिराज सुवेदी, श्री प्रसाद पौडेल, भास्कर रिमाल, विनोदकुमार कार्की, नमिता हमाल, डा.धमानसिंह खड्का र विष्णु बाबु मिश्रको आवेदन परेको थियो । जसमध्ये मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिश समितिले पाँच जनाको नाम छनौट गरेको थियो । तर, पाँच जनामध्ये पनि समितिले गत साता विष्णु बाबु मिश्र, डा.धमानसिंह खड्का र विनोदकुमार कार्कीको नाम मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव गरेको थियो ।
लमजुङग सुन्दर नगरपालिका–७ का मिश्र पछिल्लो समयको कोषको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सार्वजानिक प्रशासनमा स्नातहकोत्तर तहसम्मको अध्ययन पुरा गर्नुभएको छ ।
वित्तीय क्षेत्रमा आम जनताको पहुँच पु¥याउने लक्ष्य सहित स्थापना भएको कोषले धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले आफनो कार्यकालमा विपन्न बर्गलाई बिना धितो शैक्षिक कर्जा उपलब्ध गराउने, तालिम सहितको रोजगारी मुलुक कर्जा दिने, निर्यात तथा पुर्व निर्यात कर्जा दिने र त्यसको सुरक्षण गर्ने लक्ष्य रहेका प्रष्ट पार्नुभयो । त्यस्तै, सरकारले ल्याएका सबै खालका कर्जा सुरक्षण गरी आम नागरिकमा बैकिङ्ग बानिको विकास गर्नमा सहयोग पु¥याउने उहाँले बताउनुभो ।