बीमा न्युज,
असोज २९, काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्सेमा बीमा समुह लगायत सबै समुह सकारात्मक देखिएको छ । नेप्से आठ दशमलब २६ अंकले बढ्दा बीमा समुहमा पनि २६ दशमलब ०५ अंकले सुधार आएको हो ।
आईतबार बीमा समुहमा २६ दशमलब ०५ अंकले बृद्धि हुदाँ शुन्य दशमलब ३२ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार दुई सय ७३ दशमलब ३० विन्दुमा झरेको हो । बीमा समुहको कारोबार भने चार करोड २९ लाख ४६ हजार चार सय रुपैयाँ भएको छ ।
आईतबार बीमा समुहको धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफको ८९ लाख बराबरको कारोबार भएर सुचिको छैटौं स्थानमा रहेको छ भने लुम्बिनी जनरलको ७३ लाख बराबरको काराबार भएर आठौं स्थानमा रहेको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफ एक सय ५२ पटक कारोबार भएको छ, यस्तै लुम्बिनी जनरल भने ८९ पटक कारोबार भएर सुचिको क्रमश पहिलो र पाचौं स्थान रहेका छन् ।
आईतबार धेरै कमाउनेमा राष्ट्रिय बीमा कम्पनी मात्रे रहेका छन् । यस्तै गुमाउनेमा एनबी इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी रहेका रहेका छन् ।
आईतबार नेप्से आठ दशमलब २६ अंकले सुधार हुदा १५ सय १८ दशलमब २८ विन्दुमा रोकिएको छ । नेप्सेमा एक सय ५५ कम्पनीका आठ लाख १४ हजार तीन सय सात कित्ता शेयरहरु तीन हजार एक सय ३३ कारोबारबाट ५१ करोड ८६ लाख चार हजार ३२ रुपैँयामा किनबेच भएका छन् ।