बीमा न्युज,
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोनश र हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी संचालक समितिको ३५४ औं बैठकले कम्पनीको हाल चुक्ता पूजिँको १९.२० प्रतिशत बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पुजिँको ४६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
बोनश तथा हकप्रद शेयर निष्काशन गर्नको लागि आउदो कार्तिक २१ गते साधारण सभा बोलाएको छ । साधारण सभाको लागि कम्पनीले कातिक ७ गते बुक क्लोज गर्ने भएको छ । प्रभुको हालको चुक्तापुजिँ ५७ करोड ७५ लाख २३ हजार छ सय २४ रुपैयाँ रहेको छ ।