Nepal Life Insurance

पुर्नबीमा कम्पनीको आगमनले चिनीया पुर्नबीमा बजार बढ्ने अनुमान

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार १३:०४

सागर चन्द

असोज ३०, काठमाडौँ ।

चिनको तिव्र आर्थिक उन्नतीले विश्व समुदाय चकित बन्दै आएको छ । तिव्र आर्थिक विकासमा चिन दौडिरहँदा चिनीया बीमा बजार कस्तो छ ? सधै प्रश्न रहने गर्छ । यहाँ सन् २०१६को चिनिया बीमा बजारका केही परिदृश्यहरु प्रस्तुत गरिएका छन् ।

सवारी साधनमा लगाईएको अनिवार्य बीमा नीतिले चिनमा सन् २०१६मा बीमाशुल्क संकलनमा केही बृद्धि भएको विज्ञहरुको ठहर छ । सवारी साधनको बीमामा देखा परेको तिव्र प्रतिस्पर्धाका कारण धेरैजसो सवारी बीमा लेख लाभहिन बनेको पनि तथ्याकंहरुले देखाएका छन् । यसैको कारण चिनीया बीमा कम्पनीहरुको रुचि  गैर सवारी साधन बीमातर्फ बढ्दै गएको बताईन्छ । अर्कोतर्फ चिनको तिव्र औधोगिकरणका कारण बीमा कम्पनीहरुले उच्च प्रविधियुक्त क्षेत्रमा धेरै दावी भुक्तानी गर्नुपरेको छ ।  प्रिन्टेड  सर्किट बोर्ड, केमिकल उद्योगको महंगो बीमाको उच्च दावी भुक्तानी गर्नुपरेको छ ।

बढ्दो दावी भुक्तानीका कारण पनि बीमा कम्पनीले अभिकर्ता शुल्कमा पनि कटौती गरेका छन् । सन् २०१६को सेप्टेम्बरमा फुजियान प्रांतमा आएको मरानिट तुफानका कारण ३.२ विलियन अमेरिकी डलर बराबरको नोक्सान भएको बताईन्छ । यो विपत्ति पश्चात चिनमा तुफानको जोखिम सम्बन्धी पुनः विचार गर्नुपर्ने समय आएको बीमा कम्पनीले बताउँदै आएका छन्  ।

वान बेल्ट वान रोड

चिनको महत्वकांक्षी परियोजनाका रुपमा परिचित वान बेल्ट वान रोडले ६५ वटा देश सहित विश्वको ६२ प्रतिशत जनसंख्यालाई समेट्ने छ । विश्वभरको कुल ग्राहस्थ उत्पादनको करिब ३० प्रतिशत हिस्सा ओगट्ने यो परियोजनाले निर्माणको क्षेत्रमा नौला तरंग सिर्जना गरेको छ । यसले चिनको सामुन्द्रिक बीमा, इन्जिनियरीगं बीमा, सम्पती बीमा र निर्माण बीमाको क्षेत्रलाई बढाउने अनुमान गर्न सकिन्छ । सन् २०३० सम्म्मा यो परियोजनााले १६ अर्ब अमेरिकी डलर प्रिमियमम संकलन गर्न सक्ने अनुमान चिनिया विज्ञहरुले गर्दै आएका छन् ।

चिनमा सन् २०१६मा आन्तरिक कम्पनीहरुको पुर्नबीमा क्षमतामा थप बृद्धि भएको छ । चिनको चाईना इन्स्योरेन्स रेगुलेटरी कमिसनले २०१६मा थप २ नयाँ पुर्नबीमा कम्पनीलाई संञ्चालन अनुमति दिएको छ । अझै २० वटा पुर्न बीमा कम्पनीहरु संञ्चालन अनुमतिको तयारी पर्खेर बसेका छन् । सन् २०२२ सम्ममा चिन विश्व बजारकै ठूलो पुर्नबीमा बजार बन्न सक्ने अनुमान गरिएको छ ।

चिनको कुल ग्राहस्थ उत्पादनमा चिनीया बीमा बजारको ४.२ प्रतिशतको योगदान रहेको छ । सन् २०२० सम्म चिनीया बीमा बजारले कुल ग्राहस्थ उत्पादनमा ५.२ प्रतिशत योगदान पु¥याउन सक्ने आंकलन गरिएको छ । सन् २०१६मा प्रिमियम संकलनमा २७.५ प्रतिशतले बृद्धी भएको थियो । चिनीया बीमा कम्पनीले सन् २०१६मा करिब १७ खर्ब अमेरिकी डलर प्रिमियम संकलन गरेका थिए । चिनीया कम्पनीले संकलन गरेको कुल बीमाकं रकमको ८० प्रतिशत भन्दा धेरै रकमको पूर्नबीमा पनि चिनीया कम्पनीले नै गर्ने गरेका छन् । सन् २०१५मा चिनीया बीमा बजारले विश्व बीमा बजारको  ८.४९ प्रतिशत हिस्सा ओगटेको थियो । चिनीया बीमा कम्पनीले सन् २०१५ मा ३ लाख ८६ हजार ५ सय लाख अमेरीकी डलर प्रिमिय संकलन गरेका थिए ।  हाल चिनमा २३ वटा बीमा कम्पनी संञ्चालनमा रहेका छन् ।

-विभिन्न एजेन्सिको सहयोगमा

यो पनि पढ्नुहोस :

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....