बीमा न्युज,
असोज ३१, काठमाडौँ ।
लाईफ इन्स्योरन्स कर्पोरेशन (एलआईसी) नेपालले एकैसाथ देशभर ९ स्थानमा शाखा विस्तार गरेको छ । कम्पनीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ९ वटै शाखाहरु एकैसाथ संञ्चालन गरेको हो । कम्पनीले ९वटा शाखाहरुको अनलाईन उद्घाटन गरेको हो ।
कम्पनीले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलंकी, वनेपा, नुवाकोट, बैतडी र पाल्पा शाखा विस्तार गरेको हो । यसैबीच एलआईसी नेपालले राष्ट्रिय फुटवल टिमका खेलाडी बिमल घर्तीमगरलाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । कार्यक्रममा कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बिमल घर्तीमगरलाई ब्राण्ड एम्बेस्डरको रुपमा लिई विज्ञापन सामाग्रीहरु निर्माण गरिएको बताउनुभयो ।