बीमा न्युज,
काठमाडौं । सरकारले थप १४ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । दोस्रो चरणको कार्यक्रम अन्र्तगत सरकारले चालु आर्थिक बर्षका लागि उक्त जिल्लाहरु छनौट गरेको हो । थपिएका जिल्ला सहित सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जिल्ला ३९ पुग्नेछन् ।
चालु आवका लागि सरकारले हुम्ला, बाजुरा, बझाङ, भोजपुर, खोटाङ, कालीकोट, अर्घाखाची, रुकम, कपिलबस्तु, प्यूठान, रामेछाप, सिराहा, डोल्पा र मुगु जिल्ला छनोट गरेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।
गत आवका लागि सरकारले २५ वटा जिल्ला छनोट गरेको थियो । जसमध्ये २२ वटा जिल्ला बीमा कार्यक्रम सञ्चालन भै सकेको छ । बाँकी रहेको ३ जिल्लामा भने निर्वाचन पछि कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।
२०७२ साल चैत्र २५ गते देखि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको हो । आगामी दुई बर्ष सबै नेपालीको बीमा गरिसक्ने समितिको योजना रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अनुसार प्रत्येक परिवारमा पाँच जना सम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्य बराबर २ हजार ५ सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्छ । जसबापत विमित उक्त बर्ष भरि ५० हजार रुपैयाँ सम्मको स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । गरीब नागरिकलाई भने बीमाशुल्क शतप्रतिशत छुट हुने समितिले जनाएको छ ।
पढ्न छुटाउनु भयो कि ?