Nepal Life Insurance

आगलागीको नोक्सानीबाट बच्ने उत्कृष्ट विकल्प अग्नी बीमा

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार १४:२८

सागर चन्द

अग्नी बीमालेखको पूर्ण पाठ सहित

बीमा न्युज,
कार्तिक-१, काठमाडौँ/
चाडवाडको समयमा विभिन्न कारणले आगलागी हुने संभावना हुन्छ । आगलागीले क्षति भईहालेमा त्यसले पार्ने आर्थिक असर पनि निकै ठूलो हुन्छ । त्यसकारण आगलागीको क्षतिबाट बच्नको लागी अग्नी बीमा गर्नुपर्छ । तिहार जस्ता पर्वमा दियो, बत्ती र पटका पट्काईने भएकाले पनि आगलागीको जोखिम अन्य समयको भन्दा धेरै हुन्छ ।

आगलागीले बर्षेनी ठूलो क्षति हुने गर्छ । आगलागी जस्तो जोखिमको क्षति न्युनिकरण गर्नको लागि आग्नी बीमा गर्न सकिन्छ । कुनै कारणवस आगलागी भईहालेमा त्यसबाट हुने आर्थिक नोक्सानीबाट बच्नको लागी अग्नी बीमा जरुरी हुन्छ । कुनै प्रकारको सम्पतीमा आगलागीबाट क्षति भएमा त्यसले पैदा गर्ने नोक्सानीको आर्थिक समाना गर्न अग्नी बीमा गर्ने गरिन्छ ।

अग्नी बीमाले आगजनीका कारण हुने हानी नोक्सानीको रक्षावरण गर्छ । यो बीमालाई सम्पती बीमाकै अर्को रुप पनि मानिन्छ । यो बीमा पोलिसी १ बर्षको लागि खरिद गर्न सकिन्छ । बीमा गराउने व्यत्ति वा संस्थाको आवश्यकता अनुसार बीमा पोलिसी थप लम्बाउन पनि सकिन्छ । अग्नी बीमा पोलिस सन् १९५६मा बेलायतबाट प्रारम्भ भएको मानिन्छ । सामुन्द्रीक बीमा पछि अग्नी बीमाको सुरुवात भएको हो ।

कुनै पनि मूल्यवान सम्पतीमा आगजनीका कारण हुने हानी नोक्सानीको आर्थिक भार कम गर्न अग्नी बीमा गर्ने गरिन्छ ।

बीमा गर्नको लागि बीमा कम्पनीले सम्पतीको आर्थिक मूल्याकंन गरि अधिकतम बीमाकं रकम र बीमा प्रिमियम निर्धारण गर्छ । ततपश्चात बीमा गराउन चाहानेले सर्तअनुसार प्रिमियम तिर्नुपर्छ । मुलत यो बीमा पोलिसीले आगलागीले हुने क्षतिको रक्षावरण गर्छ । अग्नी बीमा पोलिसी अन्र्तगत बीमा गरिएको सम्पतीमा कुनै नोक्सानी भएमा शर्त अनुसारको रकम बीमा कम्पनीले भुक्तान गर्छन् । आगलागी, विस्फोटन, चट्यागं र भूकम्प जस्ता प्रकोप र अन्य बाह्य प्रकोपले हुने आजगनीको जोखिम यो बीमा पोलिसीमा सामेल हुन्छ ।

बीमा कम्पनीले आकस्मीक रुपमा आगलागी नभएको भएमा दाबी भुक्तानी प्रदान गर्दैनन् । यदि आगलागी भएर पनि बीमा गरिएको सम्पतीमा क्षति पुगेको छैन भने दाबी भुक्तानी प्राप्त गर्न सकिदैन् । यसका अलवा आगलागीमा परि नासो वा धरौटीमा राखेको सम्पतीमा नोक्सानी भएमा, सुन चाँदी गरगहना ५ हजार रुपैयाँ भन्दा धेरैको कलात्मक बस्तु,महत्वपूर्ण कागजपत्र जस्ता बस्तुहरुमा क्षति पुगेमा यो बीमा पोलिसीले कभर गर्दैन् ।

 

बीमा कम्पनीले बीमा गराएको सम्पती आगलागीले क्षति भएको त्यसको शोध भर्ना, पुर्न निर्माण वा मर्मत संभारको लागि भुक्तानी दिने गर्छन् । त्यसकारण आगलागीको क्षतिबाट बच्नको लागी अग्नी बीमा गर्नु अनिवार्य हुन्छ । नेपालमा संञ्चालीत १७ वटा निर्जीवन बीमा कम्पनीले अग्नी बीमा गर्दै आएका छन् ।

गएको जुन महिनामा बेलायतको ग्रिनफल टावरमा भएको आगलागीको करिब ६५ लाख अमेरिकी डलर दाबी भुक्तानी हुने अनुमान गरिएको छ । उक्त आगलागीमा ८० जनाको ज्यान गएको थियो । अग्नी बीमाले मानविय क्षतिको पुर्ति गर्न नसकेपनि त्यसले पार्ने आर्थिक भारबाट भने मुक्त गराउँछ ।

 

 अग्नी बीमालेखको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....