Nepal Life Insurance

शाखा विस्तारमा नयाँ कम्पनी अग्रसर

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार ११:४८

सागर चन्द

बीमा न्युज
कार्तिक ४, काठमाडौँ
नयाँ जीवन बीमा कम्पनीहरु शाखा विस्तारमा लागेका छन् । भर्खरै संञ्चालनमा आएका ५ वटा बीमा कम्पनीलाई बीमा समितिले १ सय ६५ वटा शाखा विस्तारको अनुमति प्रदान गरेको छ । समितिका अनुसार पनि संञ्चालनमा रहेका अन्य कम्पनीहरुले पनि समितिसँग शाखा विस्तारका लागि अनुमति मागेका छन् ।
समितिका अनुसार आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ५५ वटा शाखा सञ्चालनका लागि समितिबाट अनुमति लिएको छ । रिलायवल लाईफ इन्स्यारेन्स कम्पनीले ३८ वटा शाखा संञ्चालनका लागि अनुमति लिएको छ । युनियन लाईफ इन्स्योरेन्सले ३७, ज्योति लाईफले १९ र सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १६ वटा शाखा सञ्चालनका लागि अनुमित लिसकेको समितिले जानकारी दिएको छ ।
बीमा कम्पनीहरुले बीमा विनियमावली २०४९ को नियम १७ को उपदफा २ बमोजिम शाखा विस्तार गर्ने पाउने प्रावधान रहेको छ । उक्त विनियमावली अनुसार शाखा खोल्ने ठाउँको सम्भाव्यताको अध्ययन गरी समितिबाट स्वीकृति लिएर शाखा विस्तार गर्न सकिने प्रावधान रहेको छ । तर, अझै कम्पनीहरुले शाखा विस्तार गरेपनि ग्रामिण क्षेत्रमा बीमा कम्पनीहरु अझै पुग्न नसकेको गुनासो रहँदै आएको छ ।
समितिको तथ्यांक अनुसार आव २०७२÷७३ सम्ममा हाल संञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको शाखा ५ सय ९३ रहेको छ । त्यस्तै १७ वटा निर्जीवन बिमा कम्पनीहरुका ३ सय २४ वटा शाखा रहेका छन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....