बीमा न्युज,
कार्तिक ५, काठमाडौँ ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको कार्तिक १ गतेको निर्णय अनुसार हाल कायम रहेको चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । यस संगै कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण पश्चात हुन आउने चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय समेत गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पठाएको पत्रमा २० प्रतिशत बोनस शेयर जारी गरेपश्चात हुने चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने उल्लेख गरेको छ । कम्पनीको २०७३ असार मसान्त सम्ममा ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
बीमा समितिले निर्जिवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउनुपर्ने निर्देशन दिएको छ । लगानीकर्ताले बोनस शेयर र हकप्रद शेयर कम्पनीको १६औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् । कम्पनीले इस्यु म्यानेजरको रुपमा लक्ष्मी क्यापिटललाई तोकेको छ ।
यो पनि पढ्नुहोस