बीमा न्युज-
कार्तिक ५, काठमाडौँ-
बर्षेनी मानिसहरु एक स्थानबाट अर्को स्थानको यात्रा गरिरहन्छ । यात्राका दौरान विभिन्न प्रकारका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । ति समस्याले तपाईलाई थप आर्थिक भार निम्त्याउँछन् । यात्राका दौरान आईपर्ने विभिन्न समस्यासंग सामना गर्नका लागि टभल ईन्स्योरेन्स उपयोगी हुन्छ ।
ट्राभल इन्स्योरेन्सका केही रोचक तथ्यहरु
- संसारमा सबैभन्दा धेरै ट्राभल इन्स्योरेन्स संयुत्त राज्य अमेरिकाका मानिसहरुले गर्छन् । अमेरिकन ट्राभल ईन्स्योरेन्स एशोशिएसनका(युसटिआइए) अनुसार सन् २०१६मा २.८ अर्ब अमेरिकी डलर ट्राभल इन्स्योरेन्समा खर्च गरेको तथ्यांक छ । यो तथ्यांक सन् २०१४को भन्दा १९.१ प्रतिशतले धेरै हो ।
- युसटिआइए तथ्याकंलाई आधार मान्ने हो भने अमेरिकमा ४२.६ लाख मानिसले बार्षिक रुपमा ट्राभल इन्स्योरेन्स गर्ने गर्छन् ।
स्वास्थ्य बीमा र ट्राभल इन्स्योरसबिच फरक छ । स्वास्थ्य बीमाले सम्पूर्ण स्वास्थ्यको एक बर्षभरिको बीमा हो भने ट्राभल इन्स्योरेन्स यात्रा अवधिको लागि गरिएको बीमा हो । - बेलायतमा सन् २०१३मा ट्राभल इन्स्योरेन्स गरेका ७० प्रतिशत भन्दा धेरै मानिसले दावी भुक्तानी माग गरेका थिए् । जसको औसत दावी भुक्तानी १ हजार ४ सय पाउण्ड रहेको थियो ।
- एशोसिएशन अफ युरोपियन एअरलाईन्सका अनुसार युरोपभरिका हवाईजहाजमा बार्षिक करिब १६ लाख ब्याग हराउने गर्छन् । यदि तपाईले बीमा गर्नुभएको छैन भने तपाईले दुःख पाउने पक्का छ ।
- ट्राभल इन्स्योरेन्सको व्यापक प्रयोग अमेरिककाको टिव्न टावरमा भएको आतंककारी हमलापछि हुन थालेको मानिन्छ ।
- सन् २०१५को बेलायतको ट्राभल ईन्स्योरेन्स दावीमा ५६ प्रतिशतले मेडिकल दावी गरेका थिए । ३४ प्रतिशतले यात्रा क्यान्शलेसन दावी गरेका थिए । त्यसैगरि ब्यागेज र पैसा हराएकोमा ५ प्रतिशत दावी गरेका थिए ।
- सन् २०१५मा विश्वभर यात्रा गर्ने मध्ये ३.५ लाख मानिसले ट्राभल इन्स्योरेन्स नगरि ट्राभल गरेको बताईन्छ ।
- बेलायतमा साप्ताहीक रुपमा ४ हजार ३ सय भन्दा धेरैले ट्राभल इन्स्योरेन्सको दावी गर्ने गर्छन् ।
यो पनि पढ्नुहोस