Nepal Life Insurance

अष्ट्रिच पालन गर्नुभन्दा पहिले बीमा गर्नुहोस

प्रकाशित मिति: ५ कार्तिक २०७४, आईतवार १५:४४

सागर चन्द

अष्ट्रिच बीमालेख सहित

बीमा न्युज,

कार्तिक ५ – काठमाडौँ ।

पछिल्लो समय कृषि पेसामा अपनाउनेहरुको संख्यमा बृद्धि भएको छ । व्यवसायीक कृषि तथा पशुपालन गर्दा बीमा अनिवार्य गराउनुपर्छ । आफुले गरेको लगानीमा हुनसक्ने संभावित जोखिमबाट मुक्त हुनको लागि बीमा गर्नु पर्छ ।सरकारले व्यवसायीक रुपमा अष्ट्रिच पालन गर्ने कृषकहरुको लागि अष्ट्रिच बीमा पोलिसी सार्वजनीक गरेको छ । यो पोलिसीले अष्ट्रिच पालन गर्ने कृषको लगानी सुरक्षित गर्न सघाउँछ । कुनै कारणले अष्ट्रिचको मृत्यू भएमा वा विरामी परेमा  कृषकलाई पर्ने आर्थिक जोखिम कम गर्नको लाग सरकारले अष्ट्रिचको बीमा गर्ने व्यवस्था मिलाएको हो । छ । तपाईले बीमा गर्दा बीमा फारममा उल्लेख भएका कारणहरुबाट यदि अष्ट्रिचको मृत्यूमा भएका बिमा कम्पनीले कृषकलाई अष्ट्रिचको मूल्य बराबरको रकम उपलब्ध गराउँछ् । हाल अष्ट्रिचको मासुको मूल्य आधा किलोको ४ सय ४५ रुपैयाँ देखी ७ सय ४५ रुपैयाँ सम्म पर्ने गर्छ ।

यी कारणहरुले अष्ट्रिचको मृत्यु भएमा बीमा रकम पाईन्छ

बीमा मान्य हुने अवधि भत्रि आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान, पहिर/भूस्खलन, आँधिबेहरी, असिना, हिमपात, तुसारो, आकस्मिक/दुर्घटना जन्य बाह्य कारणहरु, रोगबाट अष्ट्रिचमा कुनै प्रकारको हानि वा नोक्सानी भएमा त्यससको क्षति पुर्ति बीमा कम्पनीले प्रदान गर्छ ।

दाबी भुक्तानी नहुने अवस्था 

कृषक, पशुचिकित्सक, अवलोकनकर्ता, अन्य हेरचारमा संलग्न व्यक्तिको लापरवाहीको अष्ट्रिचलाई कुनै हानी भएमा बीमा कम्पनीले त्यसको क्षति पुर्ति प्रदान गर्दैन् । संक्रामक रोग (बर्डफ्लु), नियमाअनुसारको खोप नलागएमा,  सरकारी निकायको आदेशमा अष्ट्रिचलाई नष्ट गर्नुपर्ने भएमा, अष्ट्रिच हराएमा वा चोरी भएमा, पालिएका स्थान भन्दा पचास मिटरको दूरीमा भएको दुर्घटनाजन्य कारणबाट कुनै पनि हानी भएको छ भने बीमा रकम उपलब्ध हुँदैन  । त्यसकारण कृषकले यस्ता कुरामा ध्यान पु¥याउनु पर्छ ।तर अष्ट्रिचको बिक्री वा अन्य कुनै कारण बाट स्वामित्व हस्तान्तरण गर्नु परेमा पहिले बीमा गराउनेको लिखित स्वीकृत लिई बीमालेख नामसारी गर्न भने सकिन्छ ।

  अष्ट्रिच बीमालेख पढ्न/डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

कृषकले पालना गर्नुपर्ने सर्तहरु

यदि तपाईले अष्ट्रिचको बीमा गर्नुभएको  छ भने, बीमा समितिले तयार पारेको बीमालेख अनुसारको सर्तहरु पालना गर्नु पर्नेछ । यस्ता सर्तहरु पालना नगरेमा बीमा रकम उपलब्ध नहुन पनि सक्छ । केही प्रमुख सर्तहरु यस्ता छन् ।

  • अष्ट्रिचलाई पूर्ण स्वस्थ्य र निरोगी राख्नु पर्ने ।
  • अष्ट्रिचलाई कुनै रोग लागेमा पशु चिकित्सकवा सम्बन्धित प्राविधिकबाट तत्काल उपचार गराउनु पर्ने ।
  • अष्ट्रिचको उमेर अनुसार छुट्टा छुट्टैै समूहमा राख्नु पर्ने ।
  • अष्ट्रिचको मृत्यु भएमा दुई दिन भित्र लिखित जानकारी गराउनु पर्ने ।

क्षतिपुर्ति यसरी प्राप्त गर्न सकिन्छ 

बीमालेखमा उल्लेख गरिएका कारणहरुले अष्ट्रिचको मृत्यु भएको सात दिन भित्र त्यसको सम्पूर्ण विवरण बीमा गराएको बैङ्क वा सदस्य संस्था मार्फत बीमा कम्पनीलाई जानकारी गराउनुपर्छ ।

सक्कली बीमालेख, अष्ट्रिचको मृत्युको प्रमाणपत्र, दाबी फारम  सम्बन्धित गा.पा. वा न.पा. वा वडा र कम्तिमानजिकको दुईजना छिमेकी / संधियारको सर्जमिन मुचुल्का, अष्ट्रिच पालन सम्बन्धी अध्यावधिक अभिलेख, अष्ट्रिचमा लगाएको सङ्केत पट्टा आदि लगरे सम्बन्धीत बीमा कम्पनीमा सम्र्पक गर्नु पर्ने हुन्छ ।


यो पनि पढ्नुहोस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....