Nepal Life Insurance

बीमा समिति कर्मचारी संघ ११ औ बर्षमा

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार ११:४२

सागर चन्द

बीमा न्युज
कार्तिक ६- काठमाडौँ ।

बीमा समिति कर्मचारी संघ ११ औँ बर्षमा प्रवेश गरेको छ । कर्मचारी संघ स्थापना १० औँ बार्षिकउत्सवको अवसरमा संघले एक कार्यक्रमको आयोजना गरेको छ ।
संघद्धारा आयोजना गरिएको कार्यक्रममा समितिका अध्यक्ष, निमित्त कार्यकारी, निर्देशक, विमा विज्ञ एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो । बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कुनै पनि संस्थाको विकासका लागी कर्मचारीहरु बिचको सम्बन्ध सधै सुमुधुर हुनु पर्ने बताउनुभयो । अध्यक्ष चापागाईले आफु पनि संगठनमा रहेर काम गरेको स्मरण गर्दै संगठनका बाधा र अप्ठेरोको बिषयमा आफु पनि जानकार रहेको बताउनुभयो । आगमी दिनमा समितिले कर्मचारीहरुसँग सहकार्य गरेर काम गर्ने समेत चापागाईले बताउनुभयो ।
त्यस्तै, संगठनका अध्यक्ष शम्भु प्रसाद मिश्रले अहिले नेपालको बीमा क्षेत्र विस्तार हुने क्रममा रहेको बताउँदै, यस्तो अवस्थामा समितिको पनि क्षमता अभिबृद्धी गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
कर्मचारीको हक हितको संरक्षणको लागी वि.स २०६३ साल कार्तिक ३ गते संगठनको स्थापना भएको हो । हाल समितिमा स्थायी र करार समेत गरी जम्मा ५८ जना कर्मचारी रहेका छन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....