Nepal Life Insurance

प्रभु इन्स्योरेन्सको बोनस शेयरमुल्य समायोजन

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार १२:३८

Beema News

बीमा न्युज,
काठमाडौं । नेप्सेले प्रभु इन्स्योरेन्सको बोनसपछिको शेयरमूल्य समायोजन गरेको छ । प्रभुको १९.२५ बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

 

बोनस शेयरको मुल्य समायोजनपछि शेयर मूल्य ९ सय ७३ तोकिएको छ । नेप्सेका अनुसार कम्पनीको आधार मूल्य ९ सय ११ रुपैयाँ छ ।

प्रभुले कात्तिक २१ गते वार्षिक साधारण सभा गर्न मंगलबार बुक क्लोज गरेको हो । साभामा १९.२५ बोनस सेयर र कर तिर्न १.०१५ नगद लाभांश दिने प्रस्ताव गरिंदैछ ।

 

हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख २३ हजार ६४२ रुपैयाँ छ । १९.२५ बोनस सेयरपछि चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ हुनेछ । बोनस पछिको पुँजीबाट ४६५ हकप्रद जारी गरिसकेपछि भने प्रभुको चुक्ता पुँजी १ अर्ब ३ करोड २६ लाख १२ हजार २७१ रुपैयाँ पुग्नेछ । इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १७ करोड ३८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....