बीमा न्युज,
कार्तिक ७, काठमाडौ । मंगलबार समग्र नेप्सेमा सामान्य गिरावट हुदा बीमा समुहमा भने सामान्य सुधार भएको छ । नेप्सेमा सुचिकृत बीमा, उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबै समुहमा गिरावट आउदाँ नेप्सेमा सामान्य गिरावट देखिएको हो ।
मंगलबार बीमा समुह २१ दशमलब नौं अंकको बढेर शुन्य दशमलब २६ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक आठ हजार पाँच सय ५४ दशमलब ९६ विन्दुमा पुगेको भने सात करोड १९ लाख दुई हजार दूई सय रुपैयाँको कारोबार भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । करिव दुई करोड बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको चौथौँ स्थान रहेको छ । यस्तै एक करोड सात लाख बराबरको कारोबार भएर नेको इन्स्योरेन्स पनि शिर्ष स्थानमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको एक सय ३६ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर र साधारण शेयर रहेका छन् भने गुमाउनेमा सुर्यालाइफ इन्स्योरेन्स रहेको छ ।
मंगलबार नेप्सेमा शुन्य दशमलब ६६ अंकको गिरावट आउदाँ १५ सय ६७ दशलमब ६४ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका १४ लाख ३३ हजार आठ सय ८४ कित्ता शेयरहरु चार हजार एक सय ३५ वटा कारोबारबाट ४६ करोड ९९ लाख ५० हजार पाँच सय ९४ रुपैँयामा किनबेच भएका छन् ।