बीमा न्युज,
कार्तिक ८, काठमाडौ । बुधबार नेप्सेसंगै बीमा समुहमा पनि गिरावट देखिएको छ । व्यापार र होटल समुह बाहेक सबै सहुममा गिरावट हुदाँ नेप्सेमा गिरावट आएको हो ।
बुधबार बीमा समुह ३६ दशमलब ७३ अंकले घटेर शुन्य दशमलब ४३ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक भने आठ हजार पाँच सय १८ दशमलब २६ विन्दुमा भरेको छ । बीमा समुहको कारोबार आठ करोड ८८ लाख ९६ हजार एक सय रुपैयाँ भएको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । करिव एक करोड ६० लाख बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको दोस्रो स्थान रहेको छ । यस्तै एक करोड ४९ लाख बराबरको कारोबार भएर नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहन सफल भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष स्थानमा पर्न सफल भएका छन् । जसको एक सय ३५ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउने र गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु परेका छैनन् ।
बुधबार नेप्सेमा १३ दशमलब ९२ अंकको गिरावट आउदाँ १५ सय ५३ दशलमब ७२ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका १४ लाख ४७ हजार दुई सय ७१ कित्ता शेयरहरु चार हजार दुई सय १८ वटा कारोबारबाट ४७ करोड १० लाख २७ हजार सात सय ५९ रुपैँयामा किनबेच भएका छन् ।