बीमा न्युज,
काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानमा प्रशासकको नियुक्ति प्रकृया अघि बढाएको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धावाट प्रशासकको लागि आवेदन माग गरेको हो ।
चार बर्षको नियुक्त गर्ने प्रावधान अनुसार प्रशासकको आवेदन माग गरिएको हो ।अर्थ मन्त्रालयले गठन गरेको प्रशासकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले सार्वजनिक गरेको सूचनाअनुसार बीमा संस्थानको प्रशासकको लागि आवेदन दिनका लागि बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानून, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको वा स्नातक उत्तीर्ण चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको योग्यता हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।