Nepal Life Insurance

जोखिम व्यवस्थापनमा बीमाको आवश्यकता

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १६:३१

सागर चन्द

बीमा वास्तबमा जोखिमको बाँडफाँड हो भन्दा पनि हुन्छ ।

भनिन्छ, जोखिम बाजा बजाएर आउँदैन । न त कुनै संकेत, न त कुनै पूर्व सूचनाकोसाथ आउँछ त्यो । कुनै पनि बेला कुनै पनि ठाउँमा, जो कसैलाई भविष्यमा आउन सक्ने, पर्न सक्ने सम्भावित क्षति वा नोक्सानीको खतरा नै जोखिम हो । जसलाई पूर्वानुमान तथा पूर्वाकंलन गर्न मानिसलाई हम्मे नै पर्छ । जोखिमबाट बच्न त मुस्किल छ नै, साथै जोखिमको दुर्भाग्यवस सामना गर्नुपरेमा जीवन पनि रहन्छ या रहन्न, भन्न सकिन्न ⁄ जीवनको सास फेर्ने अवसर प्राप्त भएता पनि जीवन जीउन र धान्न निकै मुस्किल पर्ने कुरा नकार्न सकिन्न । त्यसैले सजिलो शब्दमा भन्ने हो भने जोखिम कुनै पनि दुर्घटना चाहे त्यो भौतिक होस्, सामाजिक, आर्थिक या राजनीतिक कुनैबाट पर्न सक्ने सम्भावित हानी नोक्सानीको खतरा तथा डरमारीको अवस्था हो ।

 व्यवस्थापन

व्यवस्था मिलाउने काम हो । यदि तत्कालीन उपलब्ध श्रोत र साधनबाट आवश्यकता परिपुर्ति हुन नसक्ने अवस्थामा, वैकल्पिक श्रोत र साधनको परिचालन गरेर आवश्यकता परिपुर्ति गर्ने व्यवस्था नै व्यवस्थापन हो । सबैले बुझ्ने अर्थमा भन्नुपर्दा चाँजोपाँजो मिलाउने काम नै व्यवस्थापन हो । जोखिम व्यवस्थापन भन्नाले जोखिमबाट बच्ने, जोखिमबाट हुन जानेसम्भावित क्षति कम गर्ने तथा क्षतिपुर्तिको वैकल्पिक व्यवस्था गर्ने काम भन्ने बुझिन्छ । जोखिमपुर्ण काम, व्यवसायमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि पहिल्यै गरिने सावधानीका उपायहरू अवलम्बन गर्नु, केही गरी यदि जोखिमको सामना गर्नुपरेमा, त्यसका तयारीका साथै दुःखदपूर्ण घडिमा जीवन गुजाराका लागि गरिने उपायहरू सबै जोखिम व्यवस्थापन अन्तर्गत नै पर्दछ । त्यसैले जोखिम पूर्व, जोखिमको सामना गर्दा तथा जोखिम पछि गरिने सम्पुर्ण व्यवस्था मिलाउने काम नै जोखिम व्यवस्थापन हो, भन्दा फरक नपर्ला ।

बीमा र जोखिम

बीमा जो दुईपक्ष बीचको चलाखीपुर्ण सम्झौता हो। त्यस्तो करार हो, जसमा एक पक्षलाई हुनसक्ने जोखिम या खतराबाट मुक्ति हैन, त्यसबाट पर्ने असरको बाँडफाड या जोखिम हस्तान्तरण हुन्छ, एक अर्काबीच । दुरावस्थाको वा  क्षतिको न्युनीकरण गरिदिन्छ, बीमाले । जुन सम्झौता अनुरूप नै एक पक्षले, अर्को पक्षलाई न्युनतम शुल्क बुझाउँदछ । यदि केही गरी दुर्घटना भयो भने उसले सम्झौता अनुसारकै क्षतिपूर्ति पाउँदछ । उक्त जोखिमको मारमा उसले आफ्नो जीवन गुमाए पनि पनि, व्यवसाय, कलकारखाना स्वाहा भए पनि, आर्थिक भारको मार उनीमाथि आश्रित परिवारलाई पर्न दिदैन । उसले आर्थिक ऋण भारमा जीवन गुजार्नु पदैन ⁄ बैंकको ऋण तिर्न नसकेर कालो सूचीको
ऋणी भएर समाजबाट तिरस्कृत हुनु पर्दैन ⁄ आफ्नो भाग्यलाई सराप्नु पर्दैन ⁄ खरानी घस्नु पर्दैन ⁄ बेघरबार हुनु पर्दैन ।

बीमा गरेपछि अनिवार्य वचत वा बीमा शुल्क तिर्नु पर्ने भएकाले अनावश्यक फजुल खर्चहरू (मदिरापान, धुम्रपान आदि) कटौती हुने हनाले सामाजिक विसंगति र विकृतिको अन्त्य हुन्छ, जसले अर्को जोखिमको असर समेत कम गरिदिन्छ । आर्थिक हानीको सुरक्षा गरिदिन्छ र विभिन्न क्षेत्रमा जोखिम बढिरहेको अवस्थामा, बीमाले मानिसलाई राहत दिलाउनुका साथै सुरक्षाको ग्यारेन्टी पनि गरिदिन्छ

त्यसैले बीमाको जोखिम व्यवस्थापनमा ठूलो महत्व छ । बीमाले ज्यानको बदला ज्यान हैन तर धन भने अवश्य दिलाउँछ । क्षतिपुर्ति वा राहत दिलाउँछ । कसैको जीवनको उद्दार गरिदिन्छ, अनि कसैको इज्जत बढाई दिन्छ । त्यसैले दिन दुई गुणा राच चार गुणा बढ्दो छ बीमाको महत्व । आजको एक्काइसौं शताब्दीमा त अति आवश्यक नै भइसक्यो बीमा भन्ने कुरा ।

आजकल कुनैपनि स्थान, समय, व्यवसाय जोखिम मुक्त छैन । जोखिमबीच बाँचिरहेका छन्, मान्छेहरू । विज्ञान र प्रविधिको नाउँमा हामीले खर्बौ खर्ब रूपैयाँ खर्चेर ठूलो प्रगति त ग¥यौं, तर त्यसलाई जोखिम मुक्त भने बनाउन सकेनौं । जस्तै बिजुली सबैलाई आवश्यक छ, घरायसी तथा औद्योगिक उपयोगका लागि तर भुलबस, बेहोशीमा त्यसको स्वाद चाख्यो भने त इहलिला नै समाप्त हुन के बेर ? जोखिम कहाँ हुँदैन ? चुलोमा, भान्सामा, घरभित्र बाहिर, सडक खानी अनि कलकारखाना, शहर बजार गाउँ घर जताततै जोखिमको डर छ ।

जोखिमको प्रकार

जोखिमलाई यसका क्षेत्र अनुसार विभिन्न प्रकारमा बाँड्न सकिन्छ । जोखिम आर्थिक हुन सक्छ । राजनीतिक असफलताको जोखिम हुन सक्छ कुनै दुर्घटनाको जोखिम, ज्यान जान सक्ने खतरापुर्ण अवस्था, रोग लाग्न सक्ने स्वास्थ्य सम्बन्धी जोखिम, कुनै सरकारको असफलताको जोखिम, कुनै पनि परियोजना तथा कार्यक्रम असफलता वा सम्पन्न हुन नसक्ने जोखिम । जोखिम विविध प्रकारका हुन्छन् । .

१. नाफा या घाटाको जोखिम

त्यस्तो खालको जोखिम जहाँ नाफा हुन सक्छ, घाटा हुन सक्छ या नाफा–घाटा बराबर, प्रायः कुनै व्यवसायमा, बजारमा उत्पादित सामानहरू
बिक्री हुन सक्छ या हुँदैन, त्यस्तो खालको जोखिम यस अन्तर्गत पर्दछ ।

२. शुद्ध जोखिम

जहाँ नाफाको सम्भावना छैन, घाटा हुन्छ या नहुन सक्छ । हानी नोक्सानीको सम्भावना बढी हुन्छ जसलार्य पूर्वानुमान गर्न गाह्रो हुन्छ ।
(क) व्यक्तिगत जोखिमः

त्यस्तो जोखिम जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हुने व्यक्तिलाई असर पु¥याउँदछ । खासगरी व्यक्तिगत दुर्घटना तथा मृत्य । आर्जित आम्दानी घट्ने या नोक्सान हुने ।
  (ख) सम्पत्ति जोखिम

घर, घडेरी, जग्गा, गाडी, मेशिन तथा औजारहरू घरायसी वस्तुहरू, गरगहना, कच्चापदार्थ फर्निचर सबै श्री सम्पत्तिको नोक्सान ह’ने सम्भावना नै सम्पत्ति जोखिम हो ।

जोखिमको भार

जोखिम व्यवस्थापन, त्यस्तो कला हो जसले आर्थिक जोखिमको पहिचान, मूल्याङ्कन तथा विश्लेषण गर्नुका साथै क्षतिपुर्तिका लागि वैकल्पिक श्रोतको उचित व्यवस्था गर्दछ । जोखिम व्यवस्थापनका लागि देहाय बमोजिमको विधिहरू अपनाउन सकिन्छ ।

(क) जोखिम हटाउनु/बाट बच्नु

कुनैपनि सम्भाब्य जोखिमको क्रियाकलापहरू नगरेर पनि जोखिमबाट बच्न सकिन्छ । जोखिम हुन्छ भनेर उक्त कार्य नगर्नु नै यसबाट बच्ने तरिका हो । पानी उमालेर मात्र पिउनु । मोटरमा यात्रा गर्दा आइपर्न सक्ने जोखिमबाट बच्न मोटर नै नचढ्नु इत्यादी। तर यो कार्य कति संभव हुन्छ ?

(ख) जोखिम नियन्त्रण गर्नु

जोखिमको मात्रालाई कम गर्न सुरक्षाको उपायहरू अपनाउनु, पूर्वसावधानीका उपायहरू अवलम्बन गर्नु नै जोखिमको नियन्त्रण गर्नु हो ।

(घ) जोखिमको हस्तान्तरण गर्नु

सबैभन्दा बुद्धिमत्तापूर्वक चालिएको कदम, जसले चलाखीपूर्ण ढंगले आफ्नो जोखिम अरूलाई हस्तान्तरण गर्दछ । विभिन्न बीमा कम्पनीहरूको, आफुलाई चाहिने बीमा योजनाहरू किनेर जोखिमको व्यवस्थापन गर्नु नै आजको युगमा सबैभन्दा सस्तो र भरपर्दो उपाय हो । जसमा थोरै भन्दा थोरै लगानीले ठूला ठूला जोखिमको व्यवस्थापन गर्न सकिन्छ । बीमाका दुई पक्षहरूमध्ये बीमीत, जसले आफ्नो जोखिम अरूलाई हस्तान्तरण गर्दछ, उसले निश्चित पैसा बीमा शुल्कको रूपमा, बीमा गराए बापत बीमकलाई तिर्दछ ।

बीमक त्यो पक्ष हो, जसले बीमीत माथि आइपर्ने जोखिमको जिम्मा लिन्छ। बीमक अर्थात बीमा कम्पनीहरूले धेरैजना बीमीत (ग्राहक)हरू बाट, थोरै थोरै गरी धेरै पैसा जम्मा गर्दछन् र उत्पादनमूलक क्षेत्रमा लगानी समेत गर्दछन् र यदि कसैलाई दुर्घटना परेको बेलामा सम्झौता अनुरुप क्षतिपूर्ति दिन्ँछन् । जुन सामूहिक भलाई कोषको विकसित रूप हो । कुनै व्यक्तिले आफ्नो जीवनको जीवन बीमा र उसको चल–अचल सम्पत्ति, यातायातको साधनको निर्जीवन बीमा गराउन सक्छ । कुनै उद्योगले आफ्ना कामदार तथा श्रीसम्पत्तिको जीवन या निर्जीवन बीमा गराउन सक्छ । बीमा गराउँदा जोखिमको व्यवस्थापन त हुन्छ नै साथै त्यसबाट आर्थिक लाभ पनि प्राप्त गर्न सकिन्छ, यदि फाईदामूलक बीमा योजना लिइएको हो भने । तर बीमा नाफाको लागि नाफा गरिदैन । यो त अनिश्चित भविष्यको सुनिश्चितताको लागि गर्ने गरिन्छ । जोखिम व्यवस्थापनमा बीमा गर्न सकिने भनेको शुद्ध जोखिम मात्रै हो । जोखिम आर्थिक तथा अनिश्चित हुनु पर्दछ, जसलाई हस्तान्तरण गर्न पनि सकियोस् ।
बीमालाई जोखिम क्षेत्र अनुसार विभिन्न प्रकारमा विभिाजन गर्न सकिन्छ ।
 

जीवन बीमा

जीवन सम्बन्धी जोखिम जुन सांयोगिक हुनु पर्दछ त्यस्ता जोखिमको बीमा गर्न सकिन्छ । जसमा बीमीतले बीमा गराउने बीमक अर्थात बीमा कम्पनीलाई बीमाङ्क अनुसार निर्धारीत बीमा शुल्क तिर्छ । कुनै व्यक्तिको बीमा गरिन्छ, भने कुनै दुर्घटना वा मृत्यू भएमा त्यसको बीमाङ्क बराबर रकम ऊ आफैले पाउनु पर्छ भन्ने छैन, उसको शेषपछि उसका छोराछोरी, श्रीमती, आमा बुबा ईत्यादि जो उनको जीवन माथि निर्भर पर्दछ, जसलाई क्षतिको असर पर्दछ, उनीहरूले क्षतिपूर्ति पाउँछन । जीवन बीमा विभिन्न प्रकारका हुन्छन् । विभिन्न व्यक्तिको चाहना र माग अनुसार बीमा कम्पनीहरूले विभिन्न प्रकारका जीवन बीमा योजनाहरू बेच्दछन् ।  जस्तै एकल/सामूहिक जीवन बीमा, नाफा या लाभांश पाइने/नपाइने, आजीवन बीमा, सावधिक जीवन बीमा, म्यादी जीवन बीमा इत्यादि ।

                                                                निर्जीवन बीमा

जीवन जोखिमभन्दा बाहेक अन्य दुर्घटना, आगलागी, दैवी विपत्तिबाट पर्न जाने क्षति कम गर्न गरिने बीमा हो यो । विशेष गरी आर्थिक जोखिम
भइहालेमा उक्त जोखिमको अवस्थाबाट पार पाउनको लागि गरिन्छ । यसका क्षेत्र अनुसार विविध प्रकारका छन् । जस्तै अग्नी बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, व्यक्तिगत/सामूहिक दुर्घटना बीमा, भ्रमण/यात्रा बीमा, औषधि उपचार, आयोजना बीमा, मार्गस्थ नगद बीमा, सेंधमारी बीमा ईत्यादि छन् । त्यस्तै कृषि क्षेत्रका अन्न बाली, पशु चौपायादेखि दोपाया कुखुरासम्मको बीमा गर्ने गरिन्छ ।

जोखिमलाई बीमाले छेक्न, रोक्न वा टार्न भने सक्दैन तर पनि त्यसबाट हुनने हानी वा क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्था भने अवश्य गर्दछ । जसले गर्दा बीमित पक्षले दयनीय अवस्थामा जीवन गुजार्नु पर्दैैन । उसले ऋणभारबाट मुक्ति पाउँदछ । बीमा गरेपछि अनिवार्य वचत वा बीमा शुल्क तिर्नु पर्ने भएकाले अनावश्यक फजुल खर्चहरू (मदिरापान, धुम्रपान आदि) कटौती हुने हनाले सामाजिक विसंगति र विकृतिको अन्त्य हुन्छ, जसले अर्को जोखिमको असर समेत कम गरिदिन्छ । आर्थिक हानीको सुरक्षा गरिदिन्छ र विभिन्न क्षेत्रमा जोखिम बढिरहेको अवस्थामा, बीमाले मानिसलाई राहत दिलाउनुका साथै सुरक्षाको ग्यारेन्टी पनि गरिदिन्छ । समाजमा इज्जत साथ जीवन जीउन समेत सहाराको काम गरिदिन्छ ।

उपसंहार

जोखिम कुनै व्यक्तिलाई, कुनै पनि ठाउँमा जुनसुकै समयमा पर्न सक्ने भवितव्य या दुर्घटनाको खतरा हो । भौतिक सुखमा चुर्लम्म डुबेका अत्याधुनिक विकसित मान्छेहरू ⁄ आज आफैद्वारा श्रृजित जोखिमबाट बच्न संघर्ष गरिरहेका छन् । जोखीम व्यवस्थापन गर्नु भनेको जोखिमबाट हुन जाने क्षतिलाई कम गराउनु क्षति भई हालेमा त्यसको क्षतिपूर्ति हासिल गर्नु हो । जोखिम व्यवस्थापन, त्यो कला वा विज्ञान हो, जसले जोखिमको पहिचान वर्गीकरण त्यसबाट हुन सक्ने सम्भावित क्षतिको मूल्याङ्कन तथा न्यूनिकरणका उपायहरू अवलम्बन गर्ने गराउने गर्दछन् । जोखिम व्यवस्थापनको महत्पवूर्ण र उपयोगी विधि जोखिमको हस्तान्तरण नै हो । जुन विभिन्न बीमा कम्पनीहरूको आफूलाई चाहिने बीमा योजनाहरू आफू माथि पर्न सक्ने सम्भावित जोखिमबाट बच्न र तयसको असर कम गराउन किन्न सकिन्छ । बीमा वास्तबमा जोखिमको बाँडफाँड हो भन्दा पनि हुन्छ । जीवन बीमाले जीवनको जोखिम वहन गर्दछ भने निर्जीवन बीमाले मानिसको श्रीसम्पत्ति नोक्सानीको जोखिम, व्यक्तिगत दुर्घटना तथा दायित्व जोखिमको सामना गर्नु पर्दा बीमा रकम उपलब्ध गराउँछ । बीमा मात्र यस्तो, सस्तो सुलभ र भरपर्दो माध्यम या विधि हो, जसले एकदमै न्यूनतम शुल्कमा जोखिमको व्यवस्थापन गर्छ । बीमाले जोखिमबाट पर्न जाने आर्थिक भारलाई कम गर्नुका साथै आश्रितहरूको भलाइ पनि गर्छ । जोखिम व्यवस्थापनमा बीमाको महत्व दिनदिनै बढ्दो छ र बीमाले सुरक्षा कवचको काम गर्दछ भन्दा अत्युक्ति नहोला ।


*नैनबहादुर तामागंद्धारा लिखित निबन्धको सम्पादित अंश । यो निबन्ध बीमा समितिले आयोजना गरेको निबन्ध प्रतियोगितमा (स्नातकदेखी स्नातकोत्तर तहसम्म) प्रथम घोषित भएको निबन्ध हो । पूरा निबन्ध यहाँ क्लिक गरेर गरेर पढ्न सकिन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....