बीमा न्युज,
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले शत प्रतिशत अर्थात एक बराबर एकको अनु्पातमा हकप्रद शेयर ल्याउन लागेको हो ।
गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद बिक्री गर्नेे निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा हकप्रद बिक्री गर्न लागेको हो । जसका लागि इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।