बीमा न्युज,
कार्तिक १३, काठमाडौ । सोमबार पनि नेप्सेमा गिरावट देखिएको छ । नेप्सेसंगै बीमा समुहमा पनि गिरावट आएको हो । आज नेप्सेमा हाईड्रोपावर बाहेक सबै समुहमा गिरावट आउदाँ नेप्समा सुधार देखिएन् ।
सोमबार बीमा समुह ३१ दशमलब ७८ अंकले घटेर शुन्य दशमलब ३८ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक भने आठ हजार चार सय २७ दशमलब ८६ विन्दुमा झरेको छ । बीमा समुहको कारोबार नौं करोड २९ लाख ६४ हजार सात सय रुपैयाँ भएको छ ।
सोमबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । एक करोड ८२ लाख बराबरको कारोबार भएर नेपाल लाइफ शिर्ष कारोबार गर्ने सुचिमा तेस्रो स्थानमा रहेको छ भने सिदार्थ इन्स्योरेन्सको एक करोड सात लाख बराबर कारोबार गर्न सफल भएका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष स्थानमा पर्न सफल भएका छन् । जसको दुई सय ३३ पटक कारोबार भएको छ । सोमबार धेरै कमाउने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेको छ भने गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेका छैनन् ।
सोमबार नेप्सेमा तीन दशमलब ५१ अंकको गिरावट आउदाँ १५ सय ३६ दशलमब ७२ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५६ कम्पनीका १४ लाख ९४ हजार एक सय ६६ कित्ता शेयरहरु चार हजार एक सय ६६ वटा कारोबारबाट ४४ करोड ८३ लाख ३१ हजार तीन सय ७९ रुपैँयामा किनबेच भएका छन् ।