Nepal Life Insurance

शिखर इन्स्योरेन्सले बोनस शेयर तथा नगद लाभांस वितरण गर्ने

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार ११:३७

Beema News

बीमा न्युज,
कार्तिक १४, काठमाडौं । शिखर इन्स्योरेन्सले बोनस शेयर तथा नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सोमबार बसेको सञ्चालक समिति बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ रहेको छ । २९ प्रतिशत प्रस्तावित बोनस बितरण पश्चात कम्पनीको पूँजी एक अर्ब पाँच करोड ४७ लाख ९२ हजार १०७ रुपैयाँ पुग्नेछ । त्यस पछि बीमा समितिले तोकेको न्युनतम एक अर्व पुँजी पु¥याउन कम्पनी सफल हुनेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....