बीमा न्युज
कार्तिक १४, काठमाडौँ ।
मेरोलगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ फिचर थप गरिएको छ । सफ्टवेरमा नयाँ फिचरको रुपमा स्टक सेन्सिटिभिटी टुल थप गरिएको हो । साधारण लगानीकर्ताको हीतलाई ध्यानमा राखेर यस्तो फिचर थप गरिएको बताईएको छ । यो फिचरबाट निश्चित समयमा कुनै पनि सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ ।
डाटा एनालिटिक्समा थप गरिएको नयाँ फिचर स्टक सेन्सिटिभिटीले समुहगत सूचकका बारेमा लगानीकर्ताले चाहेको समय सीमाको अध्ययन गरी नतिजा हेर्न सक्छन् । यसबाट घट्दो बजारमा सेयर मूल्य माथि चढिरहेका कम्पनीको बिवरणका साथै विभिन्न किसिमका फरक किसिमका जानकारीहरु पाउन सकिन्छ । जसले लगानीकर्तालाई लगानीका सम्बन्धमा उचित निर्णय गर्न सघाउने विश्वास गरिएको छ । यो फिचर बीमा कम्पनीका लगानीकर्तालाई पनि लाभदायी हुने ठानिएको छ । नेप्सेमा २२वटा बीमा कम्पनी सूचिकृत छन् ।
स्टक सेन्सिटिभिटी फिचरको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस