बीमा न्युज,
कार्तिक १४, काठमाडौ । मंगलबार नेप्सेमा गिरावट देखिए पनि बीमा समुहमा भने सामान्य सुधार आएको छ । बीमा समुह चार दशमलब ०५ अंकले सुधार आएको हो ।
मंगलबार बीमा समुह चार दशमलब ०५ अंकले बढ्र शुन्य दशमलब ०५ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक भने आठ हजार चार सय ३१ दशमलब ९१ विन्दुमा पुगेको छ । बीमा समुहको कारोबार १० करोड ६९ लाख २० हजार रुपैयाँ भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा छ बीमा कम्पनीहरु रहेका छन् । दुई करोड ३४ लाख बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको पहिलो स्थानमा रहका छन् । एक करोड ५० लाख हराहरीमा कारोबार भएर नेपाल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यस्तै नेपाल लाइफ, एनएलजी र सिदार्थ इन्स्योरेन्सको पनि एक करोड बराबर कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको एक सय ६२ पटक कारोबार भएको छ । यस्तै शिखर र सिदार्थ इन्स्योरेन्सको पनि क्रमश एक सय १३ र ८४ पटक कारोबार भएर शिर्ष स्थानमा पर्न सफल भएका छन् । मंगलबार धेरै कमाउने राष्ट्रिय बीमा कम्पनीको साधारण शेयर र प्रमोटर शेयर रहेका छन् भने गुमाउनेमा गुँरास लाइफरहेका छन ।
मंगलबार नेप्सेमा तीन दशमलब १९ अंकको गिरावट आउदाँ १५ सय ३३ दशलमब ५३ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ६० कम्पनीका १२ लाख ४८ हजार तीन सय ७५ कित्ता शेयरहरु तीन हजार सात सय ९० वटा कारोबारबाट ४१ करोड ८१ लाख ४० हजार दुई सय ५२ रुपैँयामा किनबेच भएका छन् ।