बीमा न्युज,
काठमाडौं । बीमा सम्बन्धी जनचेतना बढाउन निर्जीवन बीमा कम्पनीहरूले पनि निश्चित रकम खर्च गर्नुपर्ने भएको छ । बीमा सम्बन्धी जनचेतनाको पहुँच कमजोर भएकोले बीमाको कभरेज र पेनिट्रशन कमजोर भएको आरोप खेपिरहेको बीमा कम्पनीहरूले अब न्यूनतम २५ प्रतिशत रकम खर्च गर्नुपर्ने भएको हो । बीमा समितिले सीमा नै तोकेर खर्च गर्न निर्देशन दिएको हो ।
समितिको निर्देशनअनुसार कम्पनीहरूले व्यवस्थापन खर्चअन्तर्गत विज्ञापन तथा प्रचारप्रसारमा न्यूनतम २५ प्रतिशत रकम खर्च गर्नुपर्नेछ । यो प्रावधान कात्तिक महिनादेखि नै लागू हुने बीमा समितिले जनाएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले व्यवस्थापन खर्चअन्तर्गत अतिथि सत्कार, व्यापार प्रवद्र्धन, विज्ञापन तथा प्रचारप्रसार र अभिकर्तालगायतका शीर्षकमा खर्च गर्न पाउने व्यवस्था छ । समितिको प्रावधानअनुसार उक्त शीर्षकमा कम्पनीहरूले आफ्नो खुद बीमाशुल्कको १.५ प्रतिशत रकम खर्च गर्न पाउँछन् । सोही रकमलाई शतप्रतिशत मानी अबदेखि कम्पनीहरूले विज्ञापन तथा प्रचारप्रसारमा २५ प्रतिशत रकम खर्च गर्नुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताउनुभयो । “कम्पनीहरूले अन्य शीर्षकमा जे जति खर्च गरे पनि विज्ञापनका लागी कम्तिमा २५ प्रतिशत खर्च गर्नुपर्नेछ, अधिकतम जति पनि खर्च गर्न पाउँछन्,” उहाँले भन्नुभयो ।
सबै कम्पनीहरूमा एकरूपता ल्याउन र जनचेतना बढाउने कार्यमा सहभागी गराउन हामीले सबै बीमकहरूसँग बसेर छलफल गर्यौ , उहाँहरूले पनि यसलाई स्वीकार गर्नुभयो,” उहाँले भन्नुभयो । बीमासम्बन्धी चेतना बढाउने कार्यमा समिति आफै पनि सक्रिय छ । कम्पनीहरूले पनि प्रचारप्रसार गर्ने कार्यमा योगदान दिए भने बृहत रूपमा जनचेतना बढाउन सकिने समितिले जनाएको छ ।
प्रचारप्रसारको महत्व
कुनैपनि कम्पनी, संघ सस्थाको सेवालाई आम जनमानस सम्म पु¥याने माध्यम भनेको विज्ञापन वा जनचेतनाका कार्यक्रमहरु हुन । यस्ता कार्यक्रमहरुले सार्वसाधारणहरुलाई सचेत वनाउनुका साथै बस्तु तथा सेवा उपभोग गर्न बाध्य बनाउछन् ।
नेपाल विज्ञापन संघका अध्यक्षका सन्तोष श्रेष्ठका अनुसार विज्ञापनको माध्यमवाट उपभोक्ता वा सर्वसाधारणहरुलाई अवायरनेस टु एक्सन अर्थात जनचेतना फैलाएर सेवा वा बस्तु खरिद गर्न सकिने वातवरण बन्छ । AIDA( Advertisement, Interest, Desire, Action ) को माध्यमवाट वास्तविक उपभोक्ता वा सेवाग्रहि सम्म पुग्न सकिने अध्यक्ष श्रेष्ठ बताउनुभयो ।
आजको आधुनिक युगमा प्रतिस्पर्धा गर्दै अगाडी बढन सबै क्षेत्रहरुलाई प्रचार प्रसार तथा विज्ञापनको अति नै महत्व हुन्छ । विज्ञापन तथा जनचेतनाका कार्यक्रमहरुवाट नै आफ्नो व्यवसायलाई अगाडी बढाउन सकिन्छ ।
बीमा समितिले दिएको निर्देशनले पक्कैपनि बीमा क्षेत्रको कभरेज र पेनिट्रेशन बृद्धिमा सहयोग पुग्नेछ । आम सर्वसाधारणमा बीमा सम्बन्धि जनचेतना फैल्याउन समेत सहयोग पुग्छ ।