बीमा न्युज,
कार्तिक १६, काठमाडौ । साताको अन्तिम दिन बिहिबार नेप्सेमा गिरावट देखिएपनि बीमा समुहमा भने सामान्य सुधार देखिएको छ । नेप्से तीन दशमलब ७० अंकले गिरावट आउदा व्यापार, हाइड्रोपावर, फाइन्नस र इन्स्योरेन्स समुह भने सुधार देखिएको हो ।
बिहिबार बीमा समुह १० दशमलब ५२ अंकले बढेर शुन्य दशमलब १३ प्रतिशत अंकले परिवर्तन भएको छ । बीमा समुहको परिसुचक भने आठ हजार तीन सय ९२ दशमलब ७३ विन्दुमा पुगेको छ । बीमा समुहको कारोबार आठ करोड ३० लाख ७४ हजार चार रुपैयाँ भएको छ ।
बिहिबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनीहरु रहेका छन् । दुई करोड ७५ लाख बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको दोस्रो स्थानमा रहका छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ६७ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेका छन् । नेपाल लाइफको एक सय ६९ पटक कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर पनि ९४ पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउने नेपाल लाइफ र प्रुडेन्सिलय रहेका छन् । यस्तै गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।
बिहिबार नेप्सेमा तीन दशमलब ७० अंकको गिरावट आउदाँ १५ सय २२ दशलमब ८१ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५५ कम्पनीका ११ लाख पाँच हजार ३५ कित्ता शेयरहरु पाँच हजार छ सय ३४ वटा कारोबारबाट ४५ करोड २६ लाख ४४ हजार दुई सय ४४ रुपैँयामा किनबेच भएका छन् ।