बीमा न्युज,
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आफ्नो उपशाखा कार्यलयहरुलाई स्तरोन्नती गरी शाखा कार्यलयको रुपमा संचालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले पाल्पा र दाङ्गका उपशाखालाई शाखा कार्यालयको रुपमा स्तरोन्नती गरेको हो ।
पाल्पामा रहेको शाखा कार्यलय कम्पनीको २४औं शाखा हो भने दाङ्गको घोराहीमा अवस्थित कार्यलय २५औं शाखा हो । कम्पनीले शाखा कार्यलयको रुपमा पाल्पाको गत बुधबार र घोराहीको आज शुक्रबार देखि संचालनमा ल्याएको छ । कम्पनीका शाखा कार्यलयको उद्घघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले गर्नुभएको हो ।
अब कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी जम्मा ९५ स्थानमार्फत सेवाग्राहीलाई बीमा सेवा प्रदान गर्ने छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक गरी १५ वटा बीमा योजना ल्याएको छ ।