बीमा न्युज,
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सले शेयर बिक्री प्रवन्धकको जिम्मेवारी तोकिएको छ । सुर्या लाइफले हकप्रद शेयर निश्कासनका लागि एनआइसी एसिया क्यापिटललाई जिम्मा दिएको हो ।
बिक्री प्रवन्धकको रुपमा काम गर्ने गरी एनआइसी एसिया क्यापिटल र सुर्या लाइफबीच सम्झौता भएको छ । सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्याका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथपाण्डले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीले एक बराबर शुन्य दशमलव चार को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद जारी गर्न लागेको हो ।
सूर्या लाइफको हाल चुक्तापूँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी ९१ करोड ८७ लाख माथि पुुग्नेछ ।
दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९८० रुपैयाँ रहेको छ ।