बीमा न्युज,
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । आइतबार सर्लाहीको हरिऔनमा कम्पनीको छैटौ शाखाको रुपमा विस्तार गरेको हो । शाखाको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक कोषराज सुवेदीले गर्नुभएको हो ।
नयाँ शाखाको उद्घाटन गर्दै नायव महाप्रवन्धक सुवेदीले कम्पनीले विमितका हितमा हुने गरी सेवा सुविधालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
बीमा समितिबाट असार २० गते इजाजत पाएको युनियन लाइफले गत असोज ४ गते कारोबार सञ्चालन अनुमति प्राप्त गरेको भएपनि असोज ६ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको थियो ।
दुई अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । कम्पनीले काठमाडौंको नयाँ बानेश्वरमा कर्पोरेट कार्यालय स्थापना गरेको छ । प्रारम्भिक चरणमा कम्पनीले बीमा समितिबाट ३७ वटा शाखाहरु कार्यालय संचालनको स्वीकृती प्राप्त गरेको छ । आगामी दिनमा क्रमिक रुपमा शाखाहरुको संख्या विस्तार गर्ने कम्पनीले जनाएको छ ।