Nepal Life Insurance

उत्पादनमा आधारित बेसार खेती बीमालेखको पुर्ण पाठ

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार १२:३०

Beema News

बीमा न्युज,
काठमाडौं । मसला बाली बेसार खेतीमा पनि बीमा समितिले उत्पादनमा आधारित बेसार खेती बीमाले जारी गरेको छ । बेसार खेतीगर्ने धनीले खेती गरि सके पछि कति उत्पादन हुन्छ त्यसको आधारमा बीमा गर्न सकिने व्यवास्था ल्याएको हो ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरू ;

आगलागी, चट्याङ भूकम्प, बाढी/डुवान /खडेरी, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु, कीरा तथा रोगबाट हुने हानी–नोक्सानी भएमा बीमाङ्क रकमको सीमा सम्म वास्तविक क्षतिको ९० प्रतिशत रकम सम्म बीमितलाई भुक्तानी गर्दछ ।

क्षतिपूर्ति नदिने अवस्थाहरु ;

बेसार खेती धनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले वा जानाजान मनोरञ्जनको उद्देश्यबाट वा रिसईवीपूर्ण व्यवहारको कारणबाट क्षति भएमा, कानुनी निकायको आदेशमा बीमा गरिएको बेसार  खेतीलाई नष्ट गर्नु पर्ने भएमा, बीमा गरिएको बेसार  चोरी भएमा, बीमितले आफ्नो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा क्षतिपूर्तिका दाबी रकम भुक्तानी गर्दछ ।

युद्घ, अतिक्रमण, विदेशी सैन्य कारवाहीका  कारणबाट बीमा गरिएको बेसार खेतीमा क्षति भएमा, बेसार  खेती धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुने छैन ।

बीमितले पालना गर्नुपर्ने शर्तहरु ;

बीमितले बीमालेखमा जारि गरिएको शर्तहरु अनिवार्य पालना गर्नुपर्दछ । अन्यथा बीमालेख रद्धहुनछ । बेसार खेतीका लागि प्रयोग गरिने बीउको श्रोत नेपाल सरकारबाट अनुमती प्राप्त निकायबाट प्रमाणित गरिएको हुनुपर्दछ । बेसार सिफारीस गरिएको प्रविधि अनुसार खेती गरिएको हुनुपर्दछ । बीउदर १००—१५० के.जी. प्रति रोपनी हुनुपर्दछ ।

बेसार खेती गर्दा झारपातको उचित व्यवस्थापन भएको हुनुपर्ने र जमिनको तयारी समेत उचित किसिमले भएको हुनुपर्दछ । बेसार खेतीमा कुनै रोग/कीरा वा दुवै लागेमा बेसार खेती धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख तथा उपचार गराउनु पर्नेछ ।

बेसार खेती धनीले बेसार खेतीको क्षति/हानी–नोक्सानी भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टा भित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति/हानी–नोक्सानीको निरीक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म बेसार खेती धनीले क्षति/हानी–नोक्सानीको स्थानलाई यथा अवस्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पुर्याउने छैन ।  एक कृषकले एकै स्थानमा लगाईएको एकै प्रकारको बेसार खेतीको हकमा आंशिक बीमा गर्न पाइनेछैन ।

बीमाङ्क रकम कायम गर्ने तरिका ;

एक हेक्टरमा उब्जनी हुने परिमाण ( मेट्रिक टनमा ) र प्रति टनको वास्तविक मूल्य (बीमा हुने स्थानको कृषि हेर्ने सरकारी निकायले विगत ३ बर्षको बेसार खनेको समयको औषत कृषक थलो मुल्यका आधारमा सिफारीस गरेको कृषक थलो मुल्य गुणन गरेर बीमाङ्क रकम निर्धारण गर्दछ् । बीमाशुल्क बीमाङ्क रकमको पाच प्रतिशतका दरले तिर्नुपर्छ ।

दाबी सम्बन्धी प्रक्रिया ;

यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको बेसार बालीको हानी भएमा १५ दिनभित्र  सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, कृषि प्राविधिकको प्रतिवेदन, क्षति भएको बालीको फोटो लगायतका कागजातहरु बीमितले बीमा कम्पनीमा बुझाउनु पर्दछ ।

बेसारको बीमा गरेको मितिले अधिकतम नौ महिना सम्म यस बीमालेखले रक्षावरण गर्नेछ । बेसार वालीको बीमा लेख जारी भएको तीस दिन भित्र क्षति भएमा क्षति भएको क्षेत्रफलको बीमाङ्क रकमको पचास प्रतिशत दाबी भुक्तानी गर्दछ ।

उत्पादनमा आधारित बेसार वाली बीमा लेखको पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्…

यो पनि पढ्नुहोस् ।

उत्पादनमा आधारित तरकारी बीमालेख जारी

उत्पादनमा आधारित तरकारी बाली बीमालेखको पुर्ण पाठ

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....