बीमा न्युज,
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौंता भएको छ । सम्झौंतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुँवर क्षेत्रीले हस्ताक्षर गर्नुभएको हो ।
इन्स्योरेन्सले व्यक्ति सुहाउँदो नयाँ जीवन बीमा योजना ल्याउने जनाउँदै देशैभरि उपस्थिती जनाउने लक्ष्य लिएको जनाएको छ । त्यही लक्ष्य अनुसार बैंकसँग सम्झौंता गरेको र शाखा संजाल भएका क्षेत्रमा बीमा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सात प्रकारका बीमा योजना बिक्री गरिरहेको छ । कम्पनीले ल्याएको रिलायबल धनपति बीमा योजना धेरैको चासो बनेको दाबी गरेको छ।कम्पनीले यसअघि मञ्जुश्री फाइनान्ससँग समेत बैंकासुरेन्स सम्झौंता गरेको थियो ।
कम्पनीले गत साउन १८ गते समितिबाट सञ्चालन अनुमति लिएको कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ । त्यस्तै, कम्पनीले १ अर्ब ४० करोड पूँजी कायम गरी सकेको छ । कम्पनीको कर्पोरेट कार्यलय काठमाडौको ज्ञानेश्वरमा रहको छ ।
बैंकासुरेन्स के हो ?
बीमा व्यवसायको क्षेत्र विस्तार हुदै जाने क्रममा बैक तथा बीमा कम्पनीहरु सहकार्यमा बैंकमै बीमा गर्न सकिने सुबिधा नै बैंकासुरेन्स हो । विश्व बजारमा बैंकासुरेन्स धेरै पहिले नै प्रचलनमा आएको भए पनि नेपालमा भने भर्खरै सुरुवात भएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बीमा सम्बन्धी सेवा उपलब्ध गराउने भएकाले बीमा व्यवसायको विस्तारमा बैकासुरेन्सले थप योगदान दिने बीमा कम्पनीहरुको विश्वास रहेको छ ।
यो पनि पढ्नुहोस्…
बैंकासुरेन्स निर्देशिका जारी गर्दे बीमा समिति
बैंक जाँदै हुनुहुन्छ ? बैंकमै गर्न सकिन्छ, बीमा
एशियन लाईफ र मुक्तिनाथ बीच बैंकासुरेन्स संझौता
जनता बैङ्क र एशिएन लाइफ बीच बैंकासुरेन्स सझौता