बीमा न्युज,
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको २२ औं साधारणसभावाट गत आर्थिक वर्षको मुनाफाबाट १९ दशमलव २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको असोज २९ मा बसेको सञ्चालक समितिको ३५४ औं बैठकले १९ दशमलव २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । त्यस्तै साधारण सभाले बोनसपश्चात कायम पूँजीमा ४६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल ६८ करोड ८४ लाख रुपैयाँ रहेको चुक्ता पुँजी कम्पनीको पारित बोनस वितरण तथा हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५० लाख रुपैयाँ नाघ्नेछ ।
इन्स्योरेन्सले आर्थिक वर्षमा खुद मुनाफा १६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो । सो अवधिमा ८३ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा २५ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशत बढी हो ।
हाल मुलुकभर कम्पनीका केन्द्रिय कार्यालय सहित २३ शाखा तथा उप–शाखाहरु संचालनमा छन्।