बीमा न्युज,
कार्तिक २३, काठमाडौ । साताको अन्तिम दिन बिहिबार पनि नेप्सेमा सुधार आउन सकेन् । नेप्सेमा सुचिकृत हाइड्रोपावर र माइक्रोफान्नस बाहेक सबै समुहमा गिरावट आउदाँ नेप्सेमा सुधार नदेखिएको हो ।
बीमा समुहमा पनि २४.४५ अंकले गिरावट आउदा बीमा परिसुचक सात हजार नौं सय ७४ दशमलब ५१ विन्दुमा झरेको छ । शुन्य दशमलब ३१ अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने नौं करोड ५८ लाख ९४ हजार रुपैँया भएको छ ।
बिहिबार बीमा समुहको धेरै कारोबार गर्नेमा दुई बीमा कम्पनी रहेका छन् । एक करोड ६० लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको पाँचौं स्थानमा रहको छ भने ९२ लाख बराबरको कारोबार भएर राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सुचिको शिर्ष स्थानको अन्तिम सुचिमा रहेका छन् ।
कारोबार संख्याको आधारमा नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको दुई सय १५ पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउने र गुमाउने सुचिमा कुनैपनि बीमा कम्पनी रहेका छैनन ।
बिहिबार नेप्सेमा ५.८९ अंकको गिरावट आउदाँ १४ सय ६० दशलमब ७३ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५४ कम्पनीका १० लाख ४६ हजार सात सय २३ कित्ता शेयरहरु पाँच हजार पाँच सय ३३ वटा कारोबारबाट ४६ करोड ८२ लाख चार हजार एक सय २१ रुपैँयामा किनबेच भएका छन् ।