Nepal Life Insurance

विश्वकै १० महंगा डोमेन नेम बीमा

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार १६:२६

सागर चन्द

एजेन्सि
कार्तिक २३, काठमाडौँ ।
विश्वभर इन्टरनेटको पहुँचमा बृद्धि भएसंगै विभिन्न वेवसाईटको संख्यामा पनि बृद्धि भएको छ । आफुले बनाउन चाहेको वेवसाईटको नाम छनौट गरेर किन्नु पर्ने हुन्छ । तर संसारमा केही यस्ता डोमेन नेम पनि छन् जसको नामकै मात्र लाखौँ डलरको बीमा गरिएको छ । यहाँ छन् विश्वका १० महंगा डामेन नेम बीमा ।

१०. फेसबुक

फेसबुकसंग संरारभरका मानिस परिचित छन् । समाजिक संञ्जालको परिचायक मानिने फेसबुकको डोमेन नेमको सन् २०१०मा ८.५ लाख अमेरिकी डलरको बीमा गराएको थियो ।

९. पोर्न डट कम

विश्वभर सबैभन्दा छिटो फैलिएको व्यवसाय भनिने पोर्नको एक वेवसाईट पोर्न डट कमले आफ्नो डोमेन नेमको सन् २००७मा ९.५ लाख अमेरिकी डलरको बीमा गराएको थियो ।

८. फण्ड डट कम

फण्ड डट कमले सन् २००८मा आफ्नो डामेन नेमको सुरक्षार्थ ९.९ लाख डलरको बीमा गराएको थियो ।

७.होटेल्स डट कम

होटेल्स डट कम विश्वभरका यात्रीहरुले सबैभन्दा धेरै प्रयोग गर्ने वेवसाईटको सूचिमा पर्छ । सन् २००१मा यो वेसाईटले आफ्नो नाम सुरक्षित गर्न ११ लाख अमेरिकी डलरको बीमा गराएको थियो ।

६.सेक्स डट कम

९०को दशकदेखि अस्तित्वमा आएको यो डोमेन नेमको सुरक्षार्थ कम्पनीले सन् १३ लाख अमेरिकी डलरको बीमा गराएको थियो ।

५.इन्स्योर डट कम

यो डोमेन नेमको सुरक्षार्थ क्यालिफोर्नियाको क्विन स्ट्रिट कम्पनीले सन् २००९मा १६ मिलियनको बीमा गराएको थियो ।

४.इन्टरनेट डट कम

क्विन स्ट्रिटले नै खरिद गरेको यो डामेन नेमको सन् २००९मा १८ लाख डलरको बीमा गरिएको थियो ।

३.प्राइभेटजेट डट कम

यो डोमेन नेम खरिदकर्ता कम्पनीले सन् २०१२मा ३०.१ लख डलरको बीमा गरेको थियो ।

२.भ्याकेशनरेन्टल डट कम

अमेरिकन कम्पनी होम वे ले खरिद गरेको यो डोमेन नेमको सन् २००७मा ३५ लाख डलरको बीमा गरिएको थियो ।

१.इन्स्योरेन्स डट कम

क्विन स्ट्रिट कम्पनीले नै खरिद गरेको यो डामेन नेमको सन् २०१०मा ३५.६ लाख अमेरिकी डलरको बीमा गरिएको थियो ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....