बीमा न्युज,
कार्तिक २६, काठमाडौ । गत साता निरन्तर ओलारो लागेको नेप्से आज साताको पहिलो दिन आइतबार भने सुधार आएको छ । नेप्सेमा सुचिकृत व्यापार समुह बाहेक सबै समुहमा सुधार देखिदाँ नेप्सेमा पनि १६.४१ अंकको सुधार नदेखिएको हो ।
आइतबार नेप्सेमा सबै भन्दाद बढि बीमा समुहमा सुधार आएको छ । बीमामा एक सय १८ दशमलब ७१ अंकको सुधार आएको छ । ११८.७१ अंकको सुधार आउदा बीमा परिसुचक आठ हजार ९३ दशमलब २२ विन्दुमा पुगेको छ । एक दशमलब ४९ अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने पाँच करोड ८० लाख २३ हजार एक सय रुपैँया मात्रै भएको छ ।
आइतबार बीमा समुहको धेरै कारोबार गर्नेमा एउटा मात्रै बीमा कम्पनी रहेका छन् । एक करोड २९ लाख बराबरको कारोबार भएर शिखर इन्स्योरेन्स सुचिको छैंटौं स्थानमा रहको छ । कारोबार संख्याको आधारमा नेपाल लाइफमात्रै रहेका छन् । नेपाल लाइफको एक सय २२ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउनेमा तीन बीमा कम्पनीहरु रहेका छन् । एनबी इन्स्योरेन्स, हिमालयन जनरल र गुरासँ लाइफ धेरै कमाउने सुचिमा पर्न सफल भएको छ । यस्तै गुमाउनेमा कुनैपनि बीमा कम्पनी रहेका छैनन ।
आइतबार नेप्सेमा १६.४१ अंकको सुधार आउदाँ १४ सय ७७ दशलमब १४ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका ११ लाख २० हजार छ सय ६० कित्ता शेयरहरु चार हजार तीन सय ७५ वटा कारोबारबाट ४० करोड सात लाख १० हजार नौं सय ६२ रुपैँयामा किनबेच भएका छन् ।