बीमा न्युज,
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले सर्वसाधारण समुहको शेयर लिलामीमा ल्याएको छ । आज सोमबार देखि हिमालयन जनरलले सर्वसाधारण समूहको ७१ हजार ५३० कित्ता शेयर लिलामीमा ल्याएको हो ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लगानीकर्ताले बोलपत्र फारम भर्न पाउनेछन् । यसमा आवेदन दिने अन्तिम म्याद मंसिर ४ गते तोकिएको छ । यसअघि हिमालयनले असार २८ देखि भदौ ९ गतेसम्म ६४ लाख २० हजार (१६६.६७५) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
हिमालयनले लिलामीमा सेयर बिक्री गरिसकेपछि चुक्ता पुँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुर्याउनेछ । हिमालयनको हाल बजार मूल्य ७१४ रुपैयाँ छ ।