बीमा न्युज,
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो शाखा कार्यलयहरुको विस्तारलाई तिव्र बनाएको छ । गत असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय सुरु गरेको यस कम्पनीले हालै नेपालगन्जमा १५ औं शाखा संचालनमा ल्याएको छ ।
कम्पनीले यसबाट क्षेत्रीय कार्यालयको रुपमा सेवा प्रदान गर्ने जनाएको छ । यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा बीमाको साक्षरता तथा पहुँच अभिवृद्धी हुने कम्पनीको दावी छ ।
यस अघि काभ्रेको बनेपामा कम्पनीको १४ औं शाखा संचालनान आएको थियो । हाल ५ वटा जीवन बीमा योजना जारी गरी सेवा प्रदान गरिरहेको कम्पनीले आगमी दिनमा नयाँ योजनाहरु ल्याई थप शाखा विस्तार गर्ने जनाएको छ ।
उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक र सुर्य्विनायक तथा उपत्यका बाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ र टिकापुरमा कम्पनीको यसअघि नै शाखा संचालनमा आएका छन् ।
अधिकृत पुँजी ३ अर्ब रहेको ज्योतिको जारी पुँजी २ अर्ब २० करोड छ। संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी जुटाइसकेको छ ।