एशियन लाईफ इन्स्योरेन्सको सरल सुरक्षा म्यादी जीवन बीमा योजना
बीमा न्युज
कार्तिक-२७, काठमाडौँ ।
जीवनमा आईपर्ने विभिन्न जोखिमबाट सुरक्षित हुनका लागि जीवन बीमा आवश्यक छ । बीमाको यही आवश्यकतालाई महसुस गर्दै एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सरल सुरक्षा म्यादी जीवन बीमा योजना सार्वजनिक गर्ने तयारी गरेको छ । हरेक नेपाली बीमाको दायरामा आउन भन्ने कामन साहित कम्पनीले सरल सुरक्षा जीवन बीमा योजना सार्वजनिक गर्ने भएको हो ।
सरल सुरक्षा जीवन बीमा योजना अन्र्तगत दैनिक ९ रुपैयाँ तिरेरै १० लाख सम्मको बीमा गर्न सकिन्छ । न्युन आर्थिक अवस्था भएका मानिसहरुले पनि बीमा सुरक्षाको प्रत्याभुति गर्न सकुन भन्ने उदेश्यले कम्पनीले सरल सुरक्षा बीमा योजना ल्याउने तयारी गरेको हो ।
१ बर्षको लागि बीमा गर्न सकिने सरल सुरक्षा जीवन बीमा योजनामा १६ देखि ६० बर्ष सम्मका जो कोही पनि सहभागी हुन सक्ने छन् । सरल सुरक्षा जीवन बीमा योजनाको न्युनतम बीमाङ्क रकम २ लाख ५० हजार रहेको छ । अधिकतम बीमाङ्क रकम बीमितको चाहाना तथा उसको आर्थिक अवस्था अनुसार तय गर्न सकिने सुविधा रहेको छ । बीमाशुल्क दर भने बीमितको उमेर अनुसार फरक फरक हुने छ । हेर्नुहोस तस्बिर
सरल सुरक्षा बीमा योजनाको बीमाङ्क रकममा छुटको सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ । ५ लाख देखि ९ लाख ९९ हजार बीमाङ्क रकममा प्रतिहजार ०.२५ रुपैयाँ छुट पाउन सकिने छ । हेर्नुहोस तस्बिर :
सरल सुरक्षा बीमा योजना अन्र्तगत न्युन बीमाशुल्क तिरेर पनि ठूलो रकमको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।
दैनिक २ रुपैयाँ ५७ पैसा बचत गर्नुभयो भने २ लाख ५० हजार रुपैयाँ बराबरको बीमाङ्क रकमको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । त्यसैगरि ८ रुपैयाँ ९० पैसाको दैनिक बचतले १० लाख बराबरको बीमा सुरक्षा पाउन सकिन्छ । एक कप चियाको मूल्य भन्दा पनि सस्तो रकममा बीमा गरेर आफु र आफ्नो परिवारलाई सुरक्षित बनाउन सकिन्छ ।
बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्कक रकम परिवारले प्राप्त गर्नेछ । जसले परिवारलाई आर्थिक जोखिममा पर्नबाट बचाउने छ । १ बर्षको लागि मात्रै गरिने यो बीमा म्यादी जीवन बीमा हो । सरल सुरक्षा म्यादी जीवन बीमा योजना कम्पनीका देशभर रहेका शाखा कार्यालय, उपशाखा कार्यालय र बीमा अभिकर्ताबाट खरिद गर्न सकिने छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले यस अघि नै विभिन्न प्रकारका जीवन बीमा पोलिसी सार्वनिक गरिसकेको छ ।