एजेन्सी
कार्तिक २८ काठमाडौँ ।
मोटर बीमा विश्व बीमा बजारको सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने बीमा हो । यहाँ सन् २०१६का सबैभन्दा महंगो बीमाशुल्क तिरेर बीमा गरिएका १० कारहरुको सूचि छ ।
१. डज जीटी भाईपर
तीन सेकेण्डमा ६० माईल प्रतिघण्टाको गतिमा कुद्न सक्ने यो कारको बार्षिक बीमाशुल्क ४ हजार ४८ अमेरिकी डलर छ ।
२. मर्सडिज एस एल ६५ एमजी
सन् २०१६मा गरिएको विश्वव्यापी कार बीमा अध्ययन अनुसार यो कारको बार्षिक बीमाशुल्क ३ हजार ७ सय ९७ अमेरिकी डलर पर्न आउँछ । कार निर्माता कम्पनीले आफ्ना विभिन्न तीन वटा कारका मोडलहरुको फ्युजनमा तयार गरेको यो कार सन् २०१६को सबैभन्दा धेरै महंगको बीमाशुल्क भएको कारको दोस्रो स्थानमा परेको छ ।
३. मर्सडिज एस 600 बीआई टी
विश्वकै प्रमुख कार निर्माता कम्पनी मानिने मर्सडिजको एस ६०० बीआईटी कारको बार्षिक बीमाशुल्क ३ हजार ५ सय ३९ अमेरिकी डलर पर्न आउँछ ।
४. मर्सडीज एस 63 एएमजी 4 म्याटिक
मर्सडीजकै अर्को उत्पादन यो कारको बीमा गर्न बार्षिक ३ हजार ५ सय १३ अमेरिकी डलर पर्न आउँछ ।
५.पोर्श प्यानेमेरा एस एक्जीक्युटिभ
यो कारको बीमा गर्न बार्षिक ३ हजार ४ सय ८४ अमेरिकी डलर बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।
६. निशान जीटी आर निम्सो
यो कारको बार्षिक बीमाशुल्क ३ हजार ४ सय ७६ अमेरिकी डलर रहेको छ ।
७.बीएमडब्लु एम6 ग्रेन कोप
यो कारको बार्षिक बीमाशूल्क ३ हजार ९ अमेरिकी डलर रहेको छ ।
८.ल्याण्ड रोभर रेन्ज रोभर एस भि अटोबायोग्राफी बल्याक एडब्लुबी
यो कारको बार्षिक बीमाशुल्क ३ हजार २ सय ४५ अमेरिकी डलर रहेको छ ।
९.अउडी आरएस 7 क्वाट्रो प्रेस्टिज
यो कारको बार्षिक बीमाशुल्क ३ हजार २ सय २९ अमेरिकी डलर रहेको छ ।
१०.पोर्श 911 क्यारेरा जिटी3 आरएस
यो कारको बार्षिक बीमाशुल्क ३ हजार २ सय १२ अमेरिकी डलर रहेको छ ।