‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा आइएमई लाइफ इन्स्योरेन्सको आइएमई आजीवन (सावधिक) जीवन बीमा योजना।
बीमा न्युज,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजीवन बीमा योजना अन्र्तगत आइएमई आजीवन (सावधिक) जीवन बीमा योजना प्रस्तुत गरेको छ । यस बीमा योजना अन्र्तगत बीमितले जीवनभरको बीमा गर्न सकिन्छ ।
यस बीमा योजनामा सहभागि हुन न्युनतम १६ वर्ष र अधिकतम ६५ वर्षको हुनुपर्दछ । न्युनतम बीमाशुल्क भुक्तानी अवधि पाँच वर्षको रहनेछ भने अधिकतम ५४ वर्ष सम्मु हुन्छ । बीमितको न्युनतम उमेर सावधिक परिपकत्वा २१ वर्ष र अधिकतम ७० वर्ष रहेको छ ।
आजीवन अवधिको न्युनतम परिपक्वता उमेर ३४ वर्ष रहेको छ भने अधिकतम ८३ वर्ष तोकिएको छ । यस बीमा योजनामा सहभागि हुन न्युनतम एक लाख बीमाङ्क रकम तोकिएको भएपनि बीमितको अम्दानीको आधामा बीमाङ्क रकम निर्धारण गर्न सकिन्छ । बीमा शुल्क भुक्तानी गर्दा बार्षिक, अर्धवार्षिक वा मासिक रुपले भुक्तानी गर्न सकिन्छ ।
छुटको अफर
ठुलो बीमाङ्क रकम र बीमा शुल्क भुक्तानीको आाधारमा छुटको व्यवस्था गरिएको छ । दुई लाख सम्मको बीमाङ्क रकममा कुनै छुटको व्यवस्था गरिएको छैन । तर दुई लाख एक रुपैयाँ देखि तीन लाख सम्मको बीमाङ्क रकममा प्रति हजार एक रुपैंयाँ र तीन लाख एक रुपैयाँ वा सो भन्दा माथिको बीमाङ्क रकममा प्रति हजार दुई रपैयाँ छुट प्रदान गर्दछ । तर कुल बमिाङ्क रकम भने १० हजारको गुणाङ्कमा हुनुपर्दछ ।
यस्तै बीमा शुल्क भुक्तानीको आधारमा पनि बीमाशुल्कमा छुट प्रदान गर्दछ । बार्षिक बीमाशुल्क भुक्तानीमा दुई प्रतिशत, अर्धवार्षिकमाा एक प्रतिशत र मासिक बीमाशुल्क भुक्तानीमा थप पाँच प्रतिशत छुट प्रदान गर्दछ । त्रैमासिक वा तलब बचत योजनामा भने कुनै छुटको व्यवस्था छैन ।
चुक्ता मुल्य, समर्पण मुल्य, कर्जा बीमालेख अन्र्तगत यी सुबिधा उपलब्ध हुने छ ।
बीमाङ्क रकम भुक्तानी दिइने अवस्था
बीमा समाप्त हुने मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिन्छ । बीमा समाप्त हुने मिति पछि कुनै पनि समयमा बीमितको मृत्यु भएमा बीमाङ्क रकम मात्र थप भुक्तानी दिन्छ । तर त्यस्तो थप भुक्तानीमा प्राप्त गर्न यस बीमालेख अन्र्तगतको सबै बीमाशुल्क भुक्तानी गरिसकेको हुनुपर्दछ ।
पुरक करार सुबिधा
यस बीमा योजनामा दुर्घटनावाट मृत्यु वा अंगभंग भएमा थप लाभको सुबिधा रहेको छ । अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दोहोरो मृत्यु लाभ बीमा शुल्क भक्तानी गर्नुपर्ने अवधिभर तथा त्यसपछि बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गरिने छ । दुर्घटनावाट अंगभंग भएपनि अतिरिक्त थप शुल्क सहित लाभ बीमा शुल्क गर्नुपर्दछ । बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गर्दछ । यी दुई लाभ सुविधामा कम्पनीले जारी गरेको बीमा लेखहरुको बीमाङ्कको जोड सहित ५० लाख सम्म प्राप्त गर्न सकिन्छ ।