बीमा न्युज,
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (LIC) नेपालले खुद नाफा बढाएको छ । एलआइसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय परिणाम सार्वजनिक गर्दै ३३५.४७५ ले खुद नाफा भएको देखाएको हो ।
एलआइसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ७३ लाख ६८ हजार ८९ रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोहि त्रैमासमा कम्पनीले ८५ लाख ८० हजार ९१९ रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । कम्पनीले दुई अर्ब २३ करोड ५५ लाख आठ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन पनि गरेको छ । यो गत वर्षको तुलनामा २३.१६५ धेरै हो ।
गत वर्ष कम्पनीले एक अर्ब ८१ करोड ५१ लाख आठ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्क भने दुई अर्ब २१ करोड ७८ लाख ३९ हजार २३३ रुपैयाँ छ । पुनर्बीमा कमिसनबाट २१ लाख ७४ हजार ६५० रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, ४९ करोड २३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम चार करोड १२ लाख ८२ हजार रुपैयाँ छ ।
चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५० लाख चार हजार ४७४ रुपैयाँ छ । जीवन बीमा कोषमा ३६ अर्ब ३८ करोड ३९ लाख १८ हजार ९४५ रुपैयाँ छ । यसैगरी कम्पनीको महाविपत्ति कोषमा १० करोड ६१ लाख ४७ हजार ६५३ रुपैयाँ छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ रहेको एलआइसीको प्रतिशेयर नेटवर्थ भने १२९ रुपैयाँ ७१ पैसा छ ।