बीमा न्युज,
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासीकको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रथम त्रैमासिकमा छ करोड दुई लाख ६७ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्ष सोहि अबधिमा कम्पनीले पाँच करोड ७९ लाख ३६ हजार नाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषमा यस आर्थिक वर्षको अन्तिम सम्ममा १३ अर्व ६८ करोड ३८ लाख ८८ हजार रुपैंया रहेको छ । जगेडा कोषमा ९५ करोड २८ लाख ८१ हजार रुपैंया रहेको छ । यसैगरी कम्पनीको महाविपत्ति कोषमा सात करोड ७५ लाख ९५ हजार रुपैंया रहेको छ ।
कम्पनीले दुई ८६ करोड ८२ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि त्रैमासिकमा ७४ करोड ८७ लाख ३५ हजार रुपैंया बीमा शुल्क आर्जन गरेको थियो ।