बीमान्युज
कार्तिक ३० काठमाडौँ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासीक नाफामा बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा ८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले बीमाशुल्कबाट १ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो अर्थिक बर्षको यही अवधिमा ३ लाख ४२ हजारको संख्यामा रहेको बीमालेखको संख्यामा पनि बृद्धि भएको छ । कम्पनीसंग हाल कायम बीमालेखको संख्या ८ लाख २ हजार पुगेको छ ।
लगानी, कर्जा तथा अन्य कारोबारबाट कम्पनीले ३५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा करिब ४० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा १८ अर्ब ३७ करोड रुपैया जम्मा रहेको छ ।