बीमा न्युज,
कार्तिक ३०, काठमाडौ । साताको अन्तिम दिन बिहिबार पनि नेप्सेमा गिरावट देखिएको छ । बिहिबार नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट हुदा नेप्से १५.७३ अंकले घटेको हो । यस्तै बीमा समुहमा पनि ६९.३३ अंकले गिरावट आएको छ ।
बिहिबार बीमा समुहमा ६९.३३ अंकको गिरावट आउदा बीमा परिसुचक आठ हजार ४७ दशमलब ६९ विन्दुमा झरेको छ । शुन्य दशमलब ८५ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने १२ करोड ३३ लाख ५० हजार रुपैँया भएको छ ।
बिहिबार बीमा समुहको धेरै कारोबार गर्नेमा चार बीमा कम्पनी रहेका छन् । दुई करोड ५९ लाख बराबरको कारोबार भएर नेपाल लाइफ शिर्ष सुचिको पहिलो स्थानमा रहेका छन भने लाइफ इन्स्योरेन् कम्पनीको एक करोड २४ लाख बराबरको कारोबार भएर सुचिको पाँचौं स्थानमा रहेका छन् । यस्तै शिखर र नेको इन्स्योरेन्सको क्रमश एक करोड १४ लाख र ९९ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएका छन् ।
कारोबार संख्याको आधारमा बिहिबार नेपाल लाइफ मात्रै रहेका छन् । नेपाल लाइफको दुई सय ३४ पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउनेमा र गुमाउनेमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।
बिहिबार नेप्से १५.७३ अंकले गिरावट आउदाँ १४ सय ८९ दशलमब ०६ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका नौं लाख ३० हजार चार सय ४७ कित्ता शेयरहरु पाँच हजार सात सय ८५ वटा कारोबारबाट ४४ करोड १० लाख पाँच हजार रुपैँयामा किनबेच भएका छन् ।