बीमा न्युज,
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीले पहिलो त्रैमासमा दुई करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले दुई करोड १८ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले नौं करोड ४४ लाख रुपैयाँ बीमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष बीमा शुल्कवाट आठ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, अघिल्लो वर्ष दुई करोड १३ लाख रहेको पुनर्बीमा कमिसनबाट हुने आय बढेर तीन करोड १३ लाख पुगेको छ ।
पहिलो त्रैमासमा कम्पनीले दुई करोड ४४ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीले समीक्षा अवधिमा व्यवस्थापन खर्च घटाएको छ । अघिल्लो वर्ष ३ करोड ८० लाख रहेको यस्तो खर्च घटेर समीक्षा अवधिमा ३ करोड ६७ लाखमा झरेको हो ।
कम्पनीको बिमा कोषमा १४ करोड ९६ लाख रकम जम्मा भएको छ । अघिल्लो वर्ष आठ करोड ६९ लाख रुपैयाँ रहेको थियो । १४ करोड २१ लाखमा सीमित जगेडाकोषको समेत आकार बढेर १५ करोड ९९ लाखमा पुुगेको छ ।