बीमा न्युज,
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड १२ लाख खूद नाफा गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीको खूद नाफा तीन करोड ८० लाख रुपैयाँ थियो ।
कम्पनीले पहिलो त्रैमासमा बीमा शुल्कवाट २५ करोड सात रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बीमाशुल्कवाट २१ करोड ७४ लाख रुपैयाँ मात्रै आम्दानी भएको थियो । यस्तै कम्पनीको पुनर्बिमा कमिशनबाट हुने आय छ करोड ९८ लाख पुुगेको छ । अघिल्लो वर्ष पाँच करोड ४२ लाखमा मात्रै रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ लाख रहेको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर एक करोड ५५ लाख ७७ हजार रुपैंयामा पुगेको छ । समीक्षा अवधिमा कम्पनीले आठ करोड ८६ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा भने सात करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
अघिल्लो वर्ष ३२ करोड १७ लाख रहेको कोषलाई बढाएर ४३ करोड ३३ लाख रुपैयाँमा पुगेको छ । कम्पनीले जगेडा कोषमा १६ करोड ५३ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वषएको यशि त्रैमासमा १६ करोड ५० लाख रपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ७.७१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२२.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९०.१४ गुणा कायम भएको छ ।