बीमा न्युज,
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड २५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा चार करोड ३५ लाखमा रहेको थियो । जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा एक करोड १० लाख बढि हो ।
कम्पनीको बीमा शुल्कबाट हुने आम्दानीमा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष १३ करोड ८९ लाख रहेको बीमा शुल्क आम्दानी बढेर १८ करोड ४२ लाख पुगेको छ । यस्तै पुनर्बीमा कमिशनबाट हुने आयमा समेत सामान्य बृद्धि भएको छ । अघिल्लो वर्ष ४ करोड ६१ लाख रहेको पुनर्बीमा कमिशन आय बढेर ४ करोड ७७ लाख रुपैयाँ पुुगेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयमा भने निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ८५ लाख ३८ हजार रुपैयाँ रहेको लगानी कर्जा तथा अन्य आया बढेर पहिलो त्रैमासमा एक करोड ३९ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले पाँच करोड ३४ लाख भन्दा बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष भने पाँच करोड मात्रै भुक्तानी गरेको थियो । कम्पनीले बिमा कोषलाई भने मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४८ करोड ९९ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा भने ६१ करोड ४४ लाख रुपैयाँ बीमा कोषमा जम्मा भएको छ ।
कम्पनीको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४१.०६ रुपैयाँ, प्रशिसेयर नेटवर्थ २६२.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.९९ गुणा कायम भएको छ ।