Nepal Life Insurance

‘Know Your Product’ आइएमई धनवर्धन जीवन बीमा योजना

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार १६:४१

Beema News

‘Know Your Product’  अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको  ‘Know Your Product’ मा आइएमई धनवर्धन जीवन बीमा योजना।

बीमा न्युज,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले धनवर्धन जीवन बीमा योजना (IME Money Back Plan) ल्याएको छ । अग्रीम भुक्तानी सावधिक अन्र्तगत यस योजना रहेको छ । यस योजनाले बोनस सहित रकम फिर्ता गर्न गर्दछ ।

यस योजनामा सहभागि हुन न्युनतम १६ वर्ष प्रबेश गरेको हुनुपर्दछ भने अधिकतम उमेर बीमा अबधि अनुसार हुन्छ । अधिकतम उमेर ५५ वर्ष हो भने १५ वर्षको बीमा अनिवार्य गर्नुपर्दछ । त्यस्तै ५० वर्षलाई २० र ४५ वर्षलाई २५ वर्षको बीमा अवधि तोकिएको छ । यस बीमा योजनामा १५, २० र २५ वर्षकोमात्रै बीमा अवधि रहेको छ । अधिकतम परिपक्वता उमेर ७० वर्ष रहेको छ ।


आयस्रोतको आधारमा अधिकतम बीमाङ्क रकम निर्धारण गर्न सकिन्छ भने न्युनतम ५० हजार तोकिएको छ । बीमा शुल्क बार्षिक, अर्धवार्षिक तथा त्रैमासिक रुपमा भुक्तानी गर्न सकिन्छ ।

भुक्तानीमा छुट
यस योजना अन्र्तगत ठुला बीमाङ्क तथा बीमा शुल्क भुक्तानीको आधारमा छुट दिने व्यवस्था समेत रहेको छ । एक लाख सम्मको बीमाङ्क रकममा कुनै छुटको व्यवस्था गरिएको छैन भने एक लाख एक रुपैयाँ देखि दुई लाख सम्मको बीमाङ्क रकममा एक रुपैंयाँ र दुई लाख एक रुपैयाँ भन्दा माथिको बीमाङ्कमा दुई रुपैयाँ प्रति हजारमा छुटको व्यवस्था गरेको छ । बीमाङ्क रकम भने १० हजारको गुणङ्कमा हुनुपर्दछ ।
यस्तै बीमा शुल्क भुक्तानीको आधारमा पनि बीमा शुल्कमा छुट प्रदान गर्दछ । त्रैमासिक रुपमा भुक्तान गर्ने बीमा शुल्कमा कुनैपनि छुटको व्यवस्था छैन । तर बीमाशुल्क वार्षिक रुपमा भुक्तानी गर्दा दुई रुपैयाँ र अर्धवार्षिक रुपमा भुक्तानी गर्दा एक रुपैयाँ छुट प्रदान गरिन्छ । चुक्ता मुल्य, समर्पण मुल्य, कर्जा बीमालेख अन्र्तगत यी सुविधाहरु उपलब्ध हुनेछ ।

बीमाङ्क रकम भुक्तानी दिने अवस्था
बीमा समाप्त हुने मितिसम्म बीमित जीवित रहेका बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसार बोनस रकम भुक्तानी दिइनेछ ।

यस्तै बीमा अवधि समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएका बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ठ भुक्तानी दिइने प्रावधान रहेको छ ।

पुरक करार सुविधा
यस बीमा योजनामा दुर्घटनावाट मृत्यु वा अंगभंग भएमा थप लाभको सुबिधा रहेको छ । अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दोहोरो मृत्यु लाभ बीमा शुल्क भक्तानी गर्नुपर्ने अवधिभर तथा त्यसपछि बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गरिने छ । दुर्घटनावाट अंगभंग भएपनि अतिरिक्त थप शुल्क सहित लाभ बीमा शुल्क गर्नुपर्दछ । बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म मात्र प्रदान गर्दछ । यी दुई लाभ सुविधामा कम्पनीले जारी गरेको बीमा लेखहरुको बीमाङ्कको जोड सहित ५० लाख सम्म प्राप्त गर्न सकिन्छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....