बीमा न्युज,
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक पहिलो त्रैमासमा ४३ लाख ८६ हजार रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । जुन गतबर्षको सोहि अवधिको तुलनामा २६ लाख ४८ हजार रुपैयाँ बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधि संस्थानले ९२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत बर्षको तुलनामा कम्पनीको आम्दानी ५३.३४ प्रतिशतले बढि हो । संस्थानले पहिलो त्रैमासमा ४८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । जस अनुरुप संस्थानको खर्च समेत १३.३४ प्रतिशतले बढेको छ ।
संस्थानको चुक्तापूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा तथा कोषमा १५ करोेड ४४ लाख रुपैयाँ र जीवन बीमा कोषमा १३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ रहेको छ । संस्थानले यस अबधीमा खुद बीमा शुल्कबापत ६४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो बर्षको यसैअवधिको सात करोड ५९ लाख रुपैयाँ बढी हो ।
संस्थानले ७३ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत बर्षको सोहि अवधिमा ५६ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।