Nepal Life Insurance

चेतना बिस्तार भन्दा आम्दानी बृद्धि गर्नु आवश्यक

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार १४:०९

सागर चन्द

कृष्ण बहादुर बस्नेत/

बीमा र बैंकिगं क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हुन् । अन्र्तर्राष्ट्रिय अभ्यासमा पनि बीमा र बैंकिगंलाई महत्पूर्ण अर्थिक सूचकको रुपमा लिईन्छ । नेपालमा बीमा व्यवसायको सुरुवात भएसंगै यसका विभिन्न पक्षहरुमाथि बहस प्रारम्भ भएको थियो । अर्को महत्वपूर्ण कुरा के हो भने बीमा राष्ट्रिय अर्थतन्त्र र आर्थिक पहुँच तथा समृद्धिको मापक हो । बीमा ऐन २०४९ आउनुभन्दा अगाडी पनि बीमा कम्पनीहरुले कारोबार गरिरहेकै थिए । तर त्यो कारोबार त्यति व्यवस्थित र राज्यलाई लाभदायी भने थिएन् । नयाँ बीमा कम्पनी खोल्ने प्रक्रियाको सुरुवात बीमा ऐनको आगमन पछि नै भएको हो । बीमा ऐनको सुरुवातसंगै निश्चित समयको अन्तरालमा नयाँ बीमा कम्पनीलाई अनुमति प्रदान गर्ने पद्धति विकास भएको हो । एक पटकमा ४ वटा बीमा कम्पनीलाई अनुमति दिने निर्णयसंगै तीन पटक गरि १२ वटा निर्जिवन बीमा कम्पनी भए । त्यस अघि नै रहेका ४ वटा बीमा कम्पनी गरेर १६ वटा बीमा कम्पनी भए । तर अहिले एकैचोटि १० वटा नयाँ बीमा कम्पनीलाई बजारमा पठाउनु त्यति वैज्ञानिक देखिदैन् । संञ्चालनमा रहेका कम्पनी भन्दा बढि संख्यामा नयाँ बीमा कम्पनीलाई बजारमा पठाउनुले केही समस्या अवश्य सिर्जना गर्न सक्छ । निश्चय नै नयाँ बीमा कम्पनी आउनु पर्छ । तर बजार अध्ययन र आवश्यकतालाई पनि ख्याल गर्नुपर्छ । यसले बीमा कम्पनीबिचको प्रतिस्र्पधामा बृद्धि गर्न सक्छ तर त्यो प्रतिस्र्पधाले उनिहरुको उन्नती हुन्छ भन्ने आधार छैन् । स्वस्थ प्रतिस्र्पधा होला भन्न सकिने आधार छैन् । अर्कोतिर हामीकहाँ दक्ष जनशक्तिको पनि अभाव छ । जनशक्ति त विस्तारै तयार गर्न पनि सकिएला तर अबका केही बर्षमा देखा पर्ने अस्वस्थ प्रतिस्र्पधाको मार भने समग्र बीमा व्यवसायमा पर्न सक्छ । नयाँ बीमा कम्पनीको आगमन संगै बीमा समितिलाई पनि थप भार पर्ने देखिन्छ । त्यसै पनि अनुगमनमा कमजोर रहेको समितिलाई यसले थप चुनौति थपेको छ । यो चुनौतिको सामना गर्न बीमा समिति अझै तयार छैन् ।

अर्कोतर्फ नेपाली बीमा क्षेत्रको नियामक निकाय प्रभावकारी भएन भन्ने गुनासो पनि सुनिन्छ । केही हद सम्म यो गुनासो जायज पनि छ । तर बीमा समितिलाई प्रभावकारी र शत्तिशालि बनाउनमा बीमा कम्पनीको पनि योगदान आवश्यक छ । हाम्रा बीमा कम्पनीहरुले पनि समितिको स्तर उकास्न सहयोग गरेनन् की भन्ने लाग्छ । अनि बीमा समिति आफै पनि आफुलाई सुधार गर्न र बलियो बनाउने प्रयासमा अग्रसर भएको देखिदैन् । दक्ष जनशत्तिको अभाव बीमा समितिको पहिलो समस्या हो । अर्थमन्त्रालयको प्रत्यक्ष निगरानीमा रहेको बीमा समितिले आफुलाई बीमा क्षेत्रको नियामक निकाय भन्दा पनि बीमा कम्पनीको आड भरोषामा राख्ने प्रयास धेरै गरेको पाईन्छ । अनि बीमा कम्पनीले पनि नियामक निकायलाई सबल बनाउने आफ्नो पनि जिम्मेवारी ठानेन् ।
नयाँ बीमा कम्पनीहरुको आगमनले बीमा बजार विस्तार हुने विश्वास त सबैले गरेका छन् । तर नयाँ ग्राहक बनाउने भन्दा पनि भएकै ग्राहकलाई एक कम्पनीबाट अर्को कम्पनीमा तान्ने प्रयास पनि हुन सक्छन् । यसको ठूलो मार बीमा कम्पनीले व्योहोर्नुपर्ने हुन्छ । जीवन बीमा कम्पनी पूर्णतया अभिकर्तामाथि निर्भर रहनुपर्ने हुन्छ । त्यसकारण बीमा कम्पनीले अभिकर्तालाई पनि प्रशिक्षण दिनुपर्छ । उनिहरुलाई व्यवसायीक बनाउनेतर्फ जोड दिनुपर्छ ।

। हवाई बीमाको क्षेत्रमा दावी पनि धेरै हुने भएकाले नेपाली बीमा कम्पनीहरु अलिक पछाडी सरेका हुन् । त्यसमाथि हाम्रो उड्यन क्षेत्र अन्र्तराष्ट्रिय  मापदण्डमा पनि कमजोर हुनु अर्को कारण हो । नेपाली बीमा कम्पनी आफैले हवाई बीमा गर्नको लागि हामीले बृहत अध्ययन गर्नुपर्छ ।

जहाँसम्म निर्जिवन बीमा कम्पनीको सवाल छ । सरकारले सुरुवात गरेको कृषि बीमाले यसको पहुँचमा बृद्धि गरेपनि यसको प्रभावकारीतामा भने सरकार र बीमा कम्पनी दुवैले ध्यान दिएका छैनन् । निर्जिवन बीमा अझै पनि पर्याप्त मात्रामा विस्तार हुन नसक्नुका पछाडी धेरै कारण छन् । निर्जिवन बीमाको बजार सानो छ । जुन मात्रामा बीमा कम्पनीको पुँजी बृद्धि गरियो त्यही अनुसार सर्वसाधारणको आम्दानीमा बृद्धि हुन नसक्दा पनि बीमा बजार विस्तार हुन नसकेको हो । सामान्य लगानीको सिद्धान्त अनुसार पनि लगानीको तीन गुणा आम्दानी हुनुपर्छ भन्ने मान्यता छ । तर के हाम्रा सबै बीमा कम्पनीले लागनीको तीन गुणा आम्दानी गरेका छन् ?
सरकारले सार्वजनिक गरेका लघु बीमा, कृषि बीमाले बीमा गर्नेको संख्यामा बृद्धि भएपनि त्यसको सहि सदुपयोग भईरहेको छ या छैन भन्ने विषयमा हामी सबै सचेत हुन जरुरी छ । भारतमै पनि धेरै कृषि बीमा कार्यक्रमहरु असफल भएका छन् । यसमा बीमा समिति र बीमा कम्पनीले विषेश ध्यान दिनै पर्छ । अर्कोतर्फ बीमा सर्भेयर र बीमा अभिकर्ताहरुलाई समितिले निरन्तर निगरानीमा राख्दै व्यसायी बनाउनेतर्फ अग्रसर हुनै पर्छ । मेरो बुझाईमा त हाम्रो बीमा क्षेत्र अझै चाईल्ड एण्ड ईररको तहमा देखिन्छ ।
बीमा कम्पनीहरु कहिल्यै पनि ग्राहकलाई मर्कामा पार्ने उदेश्यमा हुँदैनन् । बीमा कम्पनीले गुड विलबाटै बजार विस्तार गर्ने लक्ष्य राखेको हुन्छ । सर्भेयर, अभिकर्ता जस्ता प्रत्यक्ष रुपमा ग्राहकसंग सम्र्पकमा रहने क्षेत्रले आफ्नो तत्कालिन नाफा मात्रै नहेरी समग्र बीमा व्यवसायको ख्याल गर्नुपर्छ ।

नयाँ बीमा कम्पनीको आगमन संगै बीमा समितिलाई पनि थप भार पर्ने देखिन्छ । त्यसै पनि अनुगमनमा कमजोर रहेको समितिलाई यसले थप चुनौति थपेको छ । यो चुनौतिको सामना गर्न बीमा समिति अझै तयार छैन् ।

हवाई बीमाको लागि विदेशी बीमा कम्पनी पनि त्यति ईच्छुक देखिदैनन् । धेरैजसो उडान पनि पहाडी क्षेत्रमा हुने भएकाले पनि कम्पनीहरु त्यति इच्छुक छैनन् । त्यसमाथि कमिसन पनि त्यति धेरै नहुने भएकाले यो क्षेत्रमा केही समस्या देखिएको हो । जम्मा १ देखि २ प्रतिशत कमिसनको भरमा बीमा कम्पनीहरु हवाई बीमा गराईरहेका छन् । हवाई बीमाको क्षेत्रमा दावी पनि धेरै हुने भएकाले नेपाली बीमा कम्पनीहरु अलिक पछाडी सरेका हुन् । त्यसमाथि हाम्रो उड्यन क्षेत्र अन्र्तराष्ट्रिय मापदण्डमा  कमजोर हुनु अर्को कारण हो । नेपाली बीमा कम्पनी आफैले हवाई बीमा गर्नको लागि हामीले बृहत अध्ययन गर्नुपर्छ । बार्षिक दुर्घटना दर देखि जहाज तथा विमानस्थलको अवस्था, त्यसपछि बीमा कम्पनीको पुँजीगत संरचनाले थेग्ने वा नथेग्ने जस्ता विषयहरुमा अध्ययन गरेर साझा धारणा बनाएर यही पनि हवाई बीमा गर्न सकिन्छ । अहिले नै पनि हामीले हवाई बीमाको सबै जोखिम विदेशी कम्पनीलाई सुम्पिनुभन्दा केही प्रतिशतको आफैले जोखिम लिएमा सहज हुन सक्छ ।
मुलुक संघिय संरचनामा गएको छ । यही संरचना अनुरुप बीमा कम्पनीहरुलाई पनि प्रदेश केन्द्रित गरेर लग्नुपर्छ । एक प्रदेशमा कम्तिमा पनि तीन वटा बीमा कम्पनीहरुलाई सबै तहमा पुग्ने गरि काम गर्न लगाउनुपर्छ । भौतिक पुर्वाधारको अभाव निर्जिवन बीमा कम्पनीले भोग्दै आएका छन् । दुर्गम जिल्लामा सडक तथा यातायातको पहुँच विस्तार भएमा बीमा कम्पनीलाई पनि आफ्ना सेवा सुविधा छिटो र सजिलो तरिकाले पु¥याउन सक्छन् । बीमा गर्नुपर्छ भन्ने चेतना बृद्धि गर्ने मात्रै नभई नागरिकको आम्दानी बृद्धिमा जोड दिने हो भने त्यसको सकारात्मक प्रभाव स्वत बीमामा पर्छ । बीमा गर्नुपर्छ भन्ने चेतना मात्रै भएर के गर्ने बीमा पोलिसी खरिद गर्न पैसा पनि आवश्यक हुन्छ ।


करिब ५३ बर्ष बीमा क्षेत्रमा काम गरेका बस्नतेसंग गरिएको कुराकानिका आधारमा तयार समाग्री । बस्नेत हाल सगरमाथा इन्स्योरेन्स कम्पनीमा सल्लाहकारको रुपमा रहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....