Nepal Life Insurance

नेप्सेमा सामान्य गिरावट, बीमा समुह २९.२५ अंकले घट्यो

प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार १५:३६

Beema News

बीमा न्युज,
मंसिर ४, काठमाडौ । सोमबार पनि नेप्सेमा गिरावट आएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये अन्य समुह बाहेक सबैमा गिरावट आएको हो । नेप्सेमा ६.५६ अंकले घटेको छ । यस्तै बीमा समुहमा २९.२५ अंकको गिरावट देखिएको छ ।

 

सोमबार बीमा समुहमा २९.२५ अंकको गिरावट आउदा बीमा परिसुचक सात हजार आठ सय ८४ दशमलब ११ विन्दुमा झरेको छ । शुन्य दशमलब ३७ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने छ करोड ७६ लाख ९८ हजार छ सय रुपैँया भएको छ ।

सोमबार बीमा समुहको धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मात्रै रहेका छन् । जसको एक करोड ६८ लाख बराबरको कारोबार भएको छ । नेपाल लाइफ शिर्ष सुचिको चौंथौं स्थानमा रहेका छन् ।

कारोबार संख्याको आधारमा पनि नेपाल लाइफ मात्रै रहेका छन् । नेपाल लाइफको दुई सय २९ पटक कारोबार भएको छ । सोमबार धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी रहेका छैनन्, गुमाउनेमा भने हिमालयन जनरल र सगरमाथा इन्स्योरेन्स रहेका छन् ।

 

सोमबार नेप्से ६.५६ अंकले गिरावट आउदाँ १४ सय ६९ दशलमब १६ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ६० कम्पनीका ११ लाख ४६ हजार छ सय ०९ कित्ता शेयरहरु चार हजार छ सय ३० वटा कारोबारबाट ३९ करोड ३८ लाख १७ हजार दुई सय ६१ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....